Sansar News- Nepal's Fast Khabar Online News Portal

बाघको आक्रमणमा मृत्यु हुनेका परिवारलाई १० लाख प्रदान

संसार न्यूज़
१० महिना पहिले
बाघको आक्रमणमा मृत्यु हुनेका परिवारलाई १० लाख प्रदान

१५ असोज, बर्दिया । बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे ।

थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई क्षतिपूर्ति स्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए । गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १ भुरीगाउँ खानेपानी टोलका ७० वर्षीय थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो । (रासस)

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…