Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैंमा यात्रा गर्दै हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

संसार न्यूज़
२ महिना पहिले
दशैंमा यात्रा गर्दै हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

असोज, काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैं सुरु भइसकेको छ । आज दशैंको चौथौ दिन पनि लागिसकेको छ ।

अब  यो बेला असंख्य मानिस परिवारसँग चाड मनाउन आ–आफ्ना (जन्मथलो ) घर गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । त्यस्तै कतिपय भने दशैंको अवसर पारेर घुमघाममा निस्कनछन् । यात्रामा निस्कदा हामी आफूलाई चाहिने धेरै सरसामाना त बोक्छौ तर, सामान्य जस्तो लागेर कतिपय कुरामा भने ध्यान दिँदैनौं ।

तपाई यात्रा गर्दैहुनुहुन्छ भने यी कुरालाई पनि ध्यान दिनुहोस्:
यात्रामा निस्किनुअघि के औषधि बोक्ने भन्ने कुरा तपाईं कस्तो ठाउँमा जाँदै हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । हैजाग्रस्त क्षेत्रमा जाँदै हुनुहुन्छ भने त्यही अनुसारको र मलेरिया, डेंगु प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ भने त्यसै अनुसारको औषधिको तयारी गर्नुपर्ने हुन्छ ।

यात्रामा निस्किँदा आवश्यक औषधिको व्यवस्था मिलाउँदा म्याद सकिएको छ कि छैन भनेर राम्रोसँग यकिन गर्नुहोस् । यस्तै, औषधि सेवनको मात्रा तथा खाने समयबारे पनि जानकारी लिनुहोस् ।

बसमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरुः
-कुन बसमा यात्रा गर्ने हो, त्यो बसको कन्डिसन थाहा पाउनुपर्छ । गाडी बिग्रेको हुनसक्छ, बस पुरानो हुनसक्छ ।

-बसमा यात्रा गर्दा झ्यालबाट शरीरको अंग निकाल्नु हुँदैन । बसबाट टाउको निकाल्दा दुर्घटना हुनसक्छ ।

-छतमा कहिल्यै पनि यात्रा गर्नु हुँदैन भने झुन्डिएर यात्रा गर्नु पनि खतरा हुन्छ । त्यसैले यस्तो नगर्नुस् ।

-चालकले गाडी चलाएको कन्डिसन हेरेर यात्रुले पनि मापसे गरेको नगरेको थाहा पाउनुपर्छ । मापसे गरेको शंका लागेमा प्रहरीलाई खबर गरौं जसले गर्दा दुर्घटना हुनबाट बच्न सकिन्छ ।

-चाडबाडको बेलामा धेरै गाडीहरुले धेरै क्यु पुराउन तीब्र गतिमा गाडी चलाउँछन् । चालकले तीब्र गतिमा गाडी चलाएमा यात्रुहरुले आफैंले बिस्तारै चलाउन आग्रह गर्नुपर्छ ।

– लामो दूरीको यात्राको गर्दैहुनुहुन्छ भने २ जना चालक भएनभएको कुरामा ध्यान दिनुपर्छ । करिब २ घण्टा गाडी चलाएपछि केहीबेर रोकेर आराम गरेपछि मात्र गाडी चलाउनुपर्छ । त्यसमा चालक सचेत हुनुपर्छ ।

-चाडपर्वमा धेरैले रिजर्भ गाडी लैजाने गरेको पाइन्छ । आफूले रिजर्भ लाने बस, मिनीबसको चालक अर्कै रुटमा चल्ने भएमा उनीहरुलाई बाटोको अवस्था, खाल्डाखुल्डी लगायतका विषयमा जानकारी हुनुपर्छ । जानकारी नभएको चालक भएमा आफैंले जानकारी गराउनुपर्छ ।

मोटरसाइकलमा यात्रा गर्दा ध्यान दिनुपर्ने केही कुराहरुः
-पन्जा, ज्याकेट र बाक्लो लुगा लगाएर मोटरसाइकल चलाउनुपर्छ ,भनेचश्मा, र माक्स लगाउनु भुल्नु हुँदैन ।

-मोटरसाइकलको पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्छ ।बच्चालाई मोटरसाइलकका अगाडिपट्टी ट्यांकीमा राखेर यात्रा गर्नु हुँदैन ।

-लेन अनुशासन पालना गर्नुपर्छ, मादक पदार्थ सेवन गर्नु हुँदैन ।मोटरसाइकलमा यात्रा गर्दा अस्वाभाविक लाग्ने ठूला ब्याग बोक्नु हुँदैन ।

-मोटरसाइकल पछाडि बस्नेले कुर्ता सलवार वा पाइन्ट लगाएर बस्दा राम्रो हुन्छ । साथै, पछाडी बस्नेले एकतार्फ नबसी मोटरसाइकलको दुबैतर्फ खुट्टा झारेर बस्नुपर्छ ।

-हाइवेमा गुड्ने अरु मोटरसाइकलसँग प्रतिस्पर्धा गरेर तीब्र गतिमा चलाउनु हुँदैन । ट्राफिक नभएपनि ट्राफिक नियमको पालना गर्नुपर्छ । आफूभन्दा अगाडीको सवारीसँग दूरी कायम गर्नुपर्छ । खतरापूर्वक ओभरटेक गर्नु हुँदैन ।

-पैदलयात्रुले अचानक बाटो काट्नसक्ने बारे सचेत हुनुपर्छ भने बालुवा, गिट्टी र सडकमा खाल्डाखुल्डी हुनसक्छ, जसले दुर्घटना गराउँछ । गिट्टी भएको ठाउँमा विस्तारै चलाउनुपर्छ ।

-आफ्नो गल्तीले नभइकन अरुको गल्तीले पनि दुर्घटना हुनसक्ने भएकाले सचेततापूर्वक सवारी चलाउनुपर्छ ।

यी नियम पालना गरेको खण्डमा पनि यात्रा सफल र आरामदायी हुन्छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…