१५ असोज, काठमाडौँ । बिगत लामो समय देखि निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्यमा पाँच दिन लगातार घढ्दै आएपनि आजभने बढेको छ ।
मंगलबार छापावाला सुनको ६९ हजार २ सय मूल्यमा कारोबार भएकोमा आज ६ सय रुपैँयाले बढेर ६९ हजार ८ सय रुपैँयामा कारोबार भएको छ ।
त्यस्तै मंगलबार तेजाबी सुनको ६८ हजार ९ सय मूल्यमा कारोबार भएकोमा आज ६ सय रुपैँयाले बढेर ६९ हजार ५ सय रुपैँयामा पुगेको छ ।
त्यस्तै आजको बजारमा चादीँको भाउ पनि बढेको छ । मंगलबार ८ सय २५ रुपैँयामा कारोबार भएकोमा आज १० रुपैँयाले बढेर ८ सय ३५ रुपैँयामा कारोबार भएको सुनचादीँ व्यवसायी महासंघले जनाएको छ ।