back

एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके

वि.सं.२०७६ असोज १५ बुधवार

132 

shares
NTC AD
Global IME AD

असोज, महोत्तरी । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ ।

जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।

कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले बताए । उनका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ७/८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रिफर गरिएको हो ।

डा ठाकुरले शुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन् । बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो ।

एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइ सकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । (रासस)

वि.सं.२०७६ असोज १५ बुधवार १३:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग  विपिन जोशीका परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...