Sansar News- Nepal's Fast Khabar Online News Portal

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

संसार न्यूज़
२ हप्ता पहिले

असोज, विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् ।

दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी २० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि प्रारम्भिक ब्याट्सम्यानका रुपमा जिम्मेवारी लिँदैछन् ।फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले दुई जना विशेषज्ञ स्पिनरलाई खेलाएको छ ।

स्पिनरद्वय केशव महाराज र डेन पाइडिटले पहिलो टेस्टमा मौका पाएका हुन् । स्पिन बलिङ पनि गर्ने अलराउन्डर सेनुरान मुथुसामीले पहिलो टेस्ट खेल्दैछन् ।

गत अगस्टमा दुई जना अनुभवी खेलाडी डेल स्टेन र हासिम आमलाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएसँगै दक्षिण अफ्रिकी टिम युवा एवं अपेक्षाकृत कमजोर अनुभव भएका खेलाडीमा निर्भर रहनु परेको छ ।

भारतीय टिममा कप्ताल विराट कोहली सहित अजिन्क्य राहाणे, रोहित शर्मा, मयन्क अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, हृद्दिमन साह, इशान्त शर्मा र मोहम्मद शामी रहेका छन् ।

उता दक्षिण अफ्रिकी टिममा कप्तान फाफ डु प्लेसिस सहित आइडेन मार्कराम, डिन एल्गार, थेनिस डी ब्रुएन, टेम्बा बाभुमा, क्विन्टिन डी कक, भर्नन फिलान्डर, सेनुरान मुथुसामी, केशव महाराज, डेन पाइडिट र कागिसो राबाडा रहेका छन् ।
पहिले ब्याटिङ गरिरहेको भारतले ३७ ओभरमा बिना विकेटको क्षतिमा ११० रन बनाएको छ । भारतका लागि रोहित शर्माले व्यक्तिगत ५९ तथा मयन्क अग्रवालले ५१ रन बनाएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…