Sansar News- Nepal's Fast Khabar Online News Portal

दुर्घटनामा दुईको मृत्यु

संसार न्यूज़
१० महिना पहिले

१५ असोज, काठमाडौँ । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । यता काठमाडौँ, चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित सडकमा बा ३ ख ३८१७ नम्बरको टिपरले बा २६ प ४९०३ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका चितवन रत्ननगरका सुनिल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको वीरअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर इमाडोलका टीकाबहादुर बानियाँको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । (रासस)

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…