Sansar News- Nepal's Fast Khabar Online News Portal

शुष्मा राईद्धारा एनआरएनए सचिवमा उम्मेदवारी दिने घोषणा

संसार न्यूज़
१२ महिना पहिले
शुष्मा राईद्धारा एनआरएनए सचिवमा उम्मेदवारी दिने घोषणा

१५ असोज, काठमाण्डौं । गैरआवासीय नेपाली संघको केन्द्रीय सचिवमा बेलायतबाट शुष्मा राईले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
अक्टोबर १५ देखि १७ सम्म हुन लागेको संघको नवौं सम्मेलनका लागि शुष्मा राईले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

सन् २०११–०१३ मा एनआरएनए बेलायतको सचिव रहेर काम गरेकी राईले २०१३ देखि अहिलेसम्म तीन कार्यकाल आइसिसि सदस्यमा रहेर सक्रिय रुपमा काम गरिसकेकी छन् ।

एनआरएनएमार्फत् समाजसेवामा लागेकी राईले प्रवासी नेपालीलाई मातृभूमिको विकासमा ऐक्यबद्ध बनाउने आफ्नो योजना रहेको बताएकी छन् ।

राजनीतिक पृष्ठभूमिमा हुर्कीएकी हक्की स्वभावकी मानिने राई क्रान्तिकारी योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । राईले यसैसाता सचिवमा उम्मेदवारी दिएको घोषण गर्दै घोषणापत्र सार्वजनिक गर्ने बताएकी छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…