असोज, बारा । बारामा सेफ्टी ट्यांकीभित्र एकै परिवारका पाँचजनाको शव भेटिएको छ ।
फेटा गाउँपालिका ४ बतरामा ४० वर्षीय जोगा मुखियाको परिवारका चार सदस्य तथा एक भारतीय आफन्तकोे शव घरकै सेफ्टी ट्यांकीमा भेटिएको छ । मृत्यु हुनेमा जोगासहित उनकी ३५ वर्षीया पत्नी लक्ष्मणी मुखिया, १० वर्षीया छोरी सुमनी कुमारी र जोगाका ३५ वर्षीय भाइ महेन्द्र मुखिया बिन रहेको प्रहरीले जनाएको छ । अर्का एक आफन्त भारतीय नागरिकको पहिचान खुल्न सकेको छैन ।
घटनास्थल पुगेका डिएसपी रञ्जितसिंह राठौरले सेफ्टी ट्यांकीभित्र पाँच जनाको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘स्थानीयले खबर गरेपछि आमी राति नै घटनास्थल आइपुगेका छौं । सेफ्टी ट्यांकीभित्र मृत भेटिएका सबैको शरीरमा चोटपटक लागेको छैन,’ डिएसपी राठौरले भने । बिहीबारको नयाँ पत्रिकाबाट