Sansar News- Nepal's Fast Khabar Online News Portal

स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास

संसार न्यूज़
२ महिना पहिले

असोज, तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिहीबार शिलान्यास गरे ।

नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माण गरिने बताउँदै वडा भवन निर्माणमा सहमति नहुँदा दुई वर्ष ढिलाइ भएको बताए ।

अब चारकुने क्षेत्रमै वडा कार्यालय भवन बन्ने सहमति अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो भवन निर्माणको लागि नगरपालिकाद्वारा रु ५० लाख विनियोजन गरी सकिएको छ ।

सङ्घीय सरकारको सहयोगमा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण हुन लागेको भए पनि मन्त्रालयबाट पैसा नआएकाले हाललाई व्यास नगरपालिकाले आन्तरिक स्रोतबाट सहयोग गर्दै आएको उनले बताए। नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले सरकारले स्वास्थ्य क्षेत्रमा ७८ अर्ब विनियोजन गरी सर्वसाधारणमा स्वास्थ्यको पहुँच पु¥याउने लक्ष्य राखेको हुँदा स्वास्थ्य सेवा केन्द्र स्थापना कार्यलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुनारले विकास निर्माणका क्षेत्रमा राजनीतिकरण गर्न नहुने उल्लेख गर्दै सहमति र समझदारीमा काम गर्नुपर्नेमा जोड दिए ।

करीब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको कूल लागत रु ४२ लाख ५५ हजार ३१८ रहेको छ । एक ढलानको उक्त भवनमा तीनवटा कोठा रहने र निर्माणको ठेक्का अन्बेषा कन्सट्रक्सन म्याग्देले पाएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए । भवन निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…