Sansar News- Nepal's Fast Khabar Online News Portal

न्यायधिश कुवँरले दिए मेयर शाक्यलाई दिए यस्तो सुझाव

संसार न्यूज़
२ महिना पहिले
न्यायधिश कुवँरले दिए मेयर शाक्यलाई दिए यस्तो सुझाव

काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई न्यायधिश कुवरले शहर सफा राख्न सुझाव दिएका छन् ।टेकनारायण कुवँरले २३ औं बुदाँमा केही सुझावहरु दिएका छन् । सुझावमा भनिएको छ :

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यज्यूलाई शहर सफाइ राख्नेबारे केही सुझावहरुः
१. भिजिट नेपाल वर्ष नजिकै आइपुग्यो । हामी नेपाली त अभ्यस्त भइसक्यौं।जस्तो पनि सहन सक्ने प्रतिरोधात्मक क्षमता हासिल भैसकेको छ। फोहोरमै जिउन सकेका छौं। तर विदेशी पर्यटकको लागि त यो दुरावस्थाले नचल्ला । केही त गर्न पर्ला कि ?
२. शहर सफा राख्नका लागि एउटा शसक्त योजना बनाउनुहोस ।
३. सम्बद्ध सबैलाई सञ्चारमाध्यमबाट सहयोगका लागि अव्हान गर्नुहोस्।
४. प्रत्येक घर धनीलाई आफ्नो घर आँगन सफा राख्ने कर्तव्यको पालना गर्न उत्प्रेरित गर्नुहोस्।
५. भाडमा बसेको छ भने पनि उसैले सफा गर्नुपर्ने जिम्मेवारीबारेमा कुरा बुझाउनुहोस्।
६. यदि घरधनी र भाडावालले टेर्दैनन् भने दिन दिनैको फोहोरी चालाको लागि उपयुक्त जरिवाना तिराउनुहोस्।जरिवानाबाट उठेको रकमले ज्यालामा सरसफाइ गराउनुहोस्।
७. मेयरज्यू मर्निंग वाक गर्दा कम्तिमा एक पटक प्रत्येक वडाको टोल टोलमा पुग्ने महिनाभरको तालिका बनाउनुहोस्।
८. अनि थाहा पाउनुहुनेछ तपाइको शहर कति सफा छ र सदाबहार रुपमा शहर सफा राख्न तपाइले कसरी योजना निर्माण गर्नु पर्छ भनेर।
९. यो एउटा जिम्मेवार मेयरको एउटा प्रमुख कामको प्रभावकारी अनुगमन शैली पनि हुनेछ र यसबाट तपाईंले चुनाव जित्न जनताको घरदैलो गर्दा गरेका वाचाहरु संझिने र कार्यान्वयन गर्दै जाने औसर पनि मिल्नेछ।
१०. साँच्चिकै मेयरज्यू भोलि बिहान सबेरै उठेर एउटा नजिकको टोलतिर पुगेर हेर्नुस त । सटरवाला पसलेले कसरी सफा गर्दोरहेछ र
११. म र म जस्ता बटुवाले बिहान हिंड्दा सधैं देख्ने गर्छौः ती पसले हुन् वा घरधनीहरु । उनीहरु आफ्नो घरको सारा फोहोर सम्हालेर लाजै नमानी सडकमासम्म झारिदिन्छन् र तपाईलाई काम थुपारीदिन्छन्। के यही हो त सभ्य नागरिकको कर्तव्य रु

१२. सायद नागरिक कर्तव्य सिकाउने तपाइको कार्यक्षेत्रभित्र पर्ला नपर्ला तर तिनलाई पनि अलिकता नैतिकताको पाठ मेयरसाबको शहर सफाइ योजना मार्फत आयो भने राम्रो नै होला।

१३. त्यसैले अब मेयरसाबले कत्ति पनि झञ्जट नमानी आफ्नै पहलमा शहर सफा राख्न नागरिकको कर्तव्य सहितको कडा योजना ल्याउन जरुरी भैसकेको छ।

१४. राजधानी शहर भनेको विश्वले नेपाल चिन्ने ऐना हो। यसको सरसफाईमा मेयरसाबको कूल बजेटको अलि ठूलै हिस्सा विनियोजित गरिनु आवश्यक छ।

१५. शहर सफा राख्ने योजना बनाउँदा पहिला यसो गर्नुहोसः

-सबै वडाध्यक्षहरुको यहीमात्र सिंगल एजेण्डामा बैठक डाक्नुहोस।
-बैठकमा वातावरण स्वास्थ्य र सफाइ सम्बन्धी विशेषज्ञहरुलाई पनि आमन्त्रण गर्नुहोस।
– यस क्षेत्रमा काम गर्ने नागरिक समाज र संस्थाहरुलाई पनि डाक्नुहोस। उनीहरुका सुझाव लिनुहोस।
– सर सफाइका लागि सबैको साझा जिम्मेवारी किटान गर्नुहोस।
-नमूना सफा टोल घोषणा गर्नुहोस। पुरस्कृत गर्नुहोस।
-वडा वडामा सरसफाई अनुगमन टोली गठन गर्नुहोस।
-ती टोलीलाई आआफ्नो टोलमा अनुगमनमा खटाउनुहोस।
– नगर सफाइमा तलब खाएर खटिने स्वच्छकर्मीको दैनिक काम के कस्तो छ सो पनि अनुगमन गर्नुहोस।
-कोही कामचोर रहेछन् भने तलब कट्टा आदि जो जे गर्नुपर्छ नियमानुसार गर्नुहोस।
-शहर फोहोर्याउने तत्वमध्ये भुस्याहा छाडा कुकुर पनि हुन्। तिनलाइ मार्नु त पशुअधिकारको विरुद्धमा हुन्छ। तर नियन्त्रण चाहीं गरिनुपर्दछ। त्यसका लागि प्रत्येक वडाध्यक्षलाइ छाडा गाइवस्तु राख्ने काञ्जी हाउसजस्तै छाडा कुकुर संकलन केन्द्र स्थापना गर्न लगाउनुहोस।
– टोलटोलबाट छाडा र भुस्याहा कुकुर संकलन गर्नुहोस।
-अलिकति बजेट तेता पनि विनियोजन गर्नुपर्ने हुन आयो।
-रोग निम्त्याउन कुकुरको दिसापिसाब जति खराब अरु केही छैन होला।
– रेविज लागेका कुकुरले टोकेर महिनैपिच्छे दर्जनबढी मानिस मरेका छन्।
-पोथि कुकुर्नीलाइ थप बच्चा जन्माउन नदिनुहोस्। त्यसका लागि कुकुर कुकुर्नीको परिवार नियोजन योजना ल्याउनुहोस ।
– भेटेरिनरी डाक्टरहरु खटाएर कार्यान्वयन गर्नुहोस ।
– कुकुर्नीहरुमा गर्भ नियन्त्रण गर्ने यो असोज कात्तिक उपयुक्त सिजन पनि हो ।

१६ शहर कुरुप पार्ने अर्को एउटा खराबी सडकमा जथाभावी पार्किंग गरिदिने, बाटोमा ढल पाइप वर्षौंसम्म थुपार्ने, गिट्टि बालुवा लगायतका निर्माण सामाग्री थुपार्न दिने, सडक खनेर त्यसै छाड्ने, टोलबासीहरुले आफूखुसी ब्रेकर बनाउँदा पाइप विच्छाउँदा पनि कसैले नहेर्ने भएर हो। यस सम्बन्धमा पनि मेयरज्यूले सरोकारवाला निकायसंग समन्वय गरेर केही गर्न सक्नुहुन्छ कि भन्ने लागेको छ ।

१७. अर्को कुरा मेयरसाबको योजनामा पारी प्रत्येक घर धुरीले कम्तिमा दुइटा बलियो र मापदण्ड तोकिएको डस्टवीन राख्नै पर्ने नियम लगाउनुहोस। उक्त चिज बालाजु औद्योगिक क्षेत्रमा उत्पादन गर्न लगाएर परल मूल्य घरधनीसितै लिइ घर घरमा ढुवानीसम्म निःशुल्क वितरणको प्रबन्ध गरिदिएमा शहर सफाइ योजनामा थप योगदान हुनेछ ।

१८. खुल्ला दिशामुक्त राजधानी शहर मात्र होइन अब त देशै घोषणा भैसक्यो। कम्तिमा पनि काठमाण्डौंको स्थिति कस्तो छ अनुगमन गर्नुहोस ।

१९. शहर मरभूमीजस्तो भैसक्यो। प्रत्येक घरधनीलाइ दुइटा फलफूलका बोट रोप्न भन्नुहोस् ।

२०. सडकपेटीमा सससाना हाइब्रिड जातका हरिया रुखहरु व्यवस्थिथत तरिकाले रोप्न सकिन्छ ।

२१. रोपेर मात्र हुने भए त धेरै पटक गरिसक्नुभयो। स्याहयार संभार चाहिन्छ। तेतापट्टि पनि ध्यन दिनुहुनेछ ।

२२. यहाँले धेरै देशका शहरको भ्रमण गरी त्यहाँका मेयरहरुलाई भेट्नुभएको छ। शहर सफा राख्ने ती देशको सिको चाँडै थाल्नुहोस ।

२३. अरु थप कुराहरु पनि धेरै छन्। पछि फेरी सुझाव टक्र्याउँदै जाऔंला ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…