Sansar News- Nepal's Fast Khabar Online News Portal

असोज २४ गते सेतिवेणीमा कार्यक्रम हुँदै

संसार न्यूज़
८ महिना पहिले

अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको सेतिवेणीमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजजना गर्ने भएको छ ।

अन्तराष्ट्रिय पर्वत समाज अन्तर्गत पर्वत समाज बेल्जियमको अनाथ तथा असहाय बच्चाहरुको सहयोगका लागि बनेको कोषबाट छुट्याइएको सहयोगबाट बिहादी गाउँपालिका सेतीबेणीमा रहेको संस्कृत विद्यालयका अनाथ तथा असहाय बालबालिकालाई लत्ताकपडा, भाँडाकुडा र खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको छ ।

अन्तराष्ट्रिय पर्वत समाज र बेल्जियमका समेत सल्लाहकार रहेका कृष्ण तिवारीको पहल तथा अमृत पौडेलको सक्रियतामा एवं विहादी गाउँपालिकाका किसान अभियन्ता ऋषि भुसालको सम्पर्क संयोजनमा आयोजना हुने सो कार्यक्रममा पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी सहित कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति हुने बताइएको छ ।

गतवर्ष नोभेम्बर ५ मा भएको जनप्रतिनिधि सँगको अन्तरक्रियाबाट गरिएको निर्णय अनुरुप विहादी गाउँपालिकाले उक्त प्रस्ताव ल्याएको कारण सेतीबेनीमा सो कार्यक्रम गर्न लागेको बताइएको छ ।  असोज २३ गते संसारभरीका पर्वतेलीरु पैञ्यु गाउँपालिकाको हातेमालो चोकमा जम्मा भै अधिबेशन सम्पन्न गर्दै छन् ।

विभिन्न उपसमितिहरुको बैठक सम्पन्न गर्ने कार्यक्रमको व्यापाक तयारी भइरहेको जानकारी हाम्रा संवाददाता फर्शुराम भुर्तेलले दिएका छन् । अधिवेशनका लागि समाजका अध्यक्ष पुरन गिरी लगायतका अभियन्ता नेपाल आइसकेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…