Sansar News- Nepal's Fast Khabar Online News Portal

असोज २४ गते सेतिवेणीमा कार्यक्रम हुँदै

संसार न्यूज़
१ हप्ता पहिले
असोज २४ गते सेतिवेणीमा कार्यक्रम हुँदै

पर्वत । पर्वत समाज, वेल्जियमले पर्वतको सेतिवेणीमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पर्वत समाज बेल्जियमको अनाथ तथा असहाय बच्चाहरुको सहयोगका लागि बनेको कोषबाट छुट्याइएको सहयोगबाट बिहादी गाउँपालिका सेतीबेणीमा रहेको संस्कृत विद्यालयका अनाथ तथा असहाय बालबालिकालाई लत्ताकपडा, भाँडाकुडा र खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको छ ।

समाजको तर्फबाट अन्तराष्ट्रिय पर्वत समाज र बेल्जियमका समेत सल्लाहकार रहेका सामाजिक अभियन्ता कृष्ण तिवारीको संयोजन र पहल एवं सस्थाका सकृय सदस्य, सामाजिक अभियन्ता अमृत पौडेलको सक्रियता एवं विहादी गाउँपालिकाको तर्फबाट सोही गाउँपालिकाका सामाजिक तथा किसान अभियन्ता ऋषिराम भुसालको सम्पर्क संयोजनमा आयोजना र सम्पन्न हुने सो कार्यक्रममा पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी सहित कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति हुने बताइएको छ ।

गतवर्ष नोभेम्बर ५ मा भएको जनप्रतिनिधि सँगको अन्तरक्रियाबाट गरिएको निर्णय अनुरुप विहादी गाउँपालिकाले उक्त प्रस्ताव ल्याएको कारण सेतीबेनीमा सो कार्यक्रम गर्न लागेको बताइएको छ ।

स्मरण रहोस् असोज २३ गते संसारभरीका पर्वतेलीहरुको साझा सस्था अन्तर्रा्ष्ट्रिय पर्वत समाजको अधिवेशन पैञ्यु गाउँपालिकाको हातेमालो चोकमा सम्पन्न हुँदैछ ।

विभिन्न उपसमितिहरुको बैठक सम्पन्न गर्दै कार्यक्रमको व्यापक तयारी भइरहेको जानकारी हाम्रा संवाददाता फर्शुराम भुर्तेलले दिएका छन् ।
अधिवेशनका लागि समाजका अध्यक्ष पुरन गिरी लगायतका अभियन्ता नेपाल आइसकेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…