Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली समाज र अहिलेका युवाहरूको गंभीर सामाजिक रोग हो

भिम उपाध्याय
१ हप्ता पहिले
नेपाली समाज र अहिलेका युवाहरूको गंभीर सामाजिक रोग हो

आफ्ना जे जति छन् ती सबै खराब, बिदेशीका सबै असल ! आफ्ना पुर्खा, ऋषिमुनि, आचार्य, बैज्ञानिकहरू चुत्था, बिदेशीकृति सबै उत्तम । जब समाज आफू र आफ्ना बिगतलाई दुत्कार्न थाल्छ, त्यो समाजक्रमश : ध्वस्त हुदै पहिचान बिहीन हुन थाल्छ । केही दशकदेखि यता हामीलाई जन्मे देखिनै आफ्नो सबै कुराको बिरोध गर्ने कुसंस्कार सिकाउदै लगिएको पाईन्छ ।

जो विद्वान जस्ता लाग्छन् ती भण्डाफोर गरेर पेट पालिरहेका प्रतीत हुन्छन् । आफ्नोपन गुमाएको समाज राष्ट्रच्यूत हुदै जान्छ । आत्मसम्मान गुमाउछ, त्यसपछि त्यो समाजलाई सखाप पार्न बिरोधीहरूलाई सहज बन्छ । आफ्नो भाषा, संस्कृति, साहित्य, विचारपद्दति, भेषभुषा, बैज्ञानिक खोज, अध्यात्म, दर्शन, समाज कल्याण, समाजिक सद्भाव, शान्ति सबैमा खोट देखिन थाल्छ । जेमा पनि सत्ता राजनीतिको आखा‘ले हेर्ने कमलपित्त महारोग पालेपछि यो जुनी धिक्कार बनिदिन्छ ।

यस्ता दिग्भ्रमित सोचप्रणालीमा रूपान्तरण नल्याई हाम्रो समाज समुन्नत र समृद्ध हुने संभावना छैन ।
वैदिक साहित्य, विज्ञान र संस्कृत भाषाका बिरूद्धमा चलाईएको हौवा, विषवमन र भ्रम चिर्न नसक्दा हामी शोषित पीडित हुदै गएका हौं । अब जाग्नेबेला हो, किनभने संस्कृत साहित्य वाङ्मय ज्ञानको खानी हो जसलाई हामीले खोतलेनौं भने बिदेशीले खोतल्दै पेटेन्ट राईट वा कपिराईट कव्जा गरेर हामीलाई बेच्दै ज्ञान र आर्थिक शासन गर्ने छ । ज्ञानलाई धनमा रूपान्तरण गर्नु नै ज्ञान अर्थतन्त्र हो । हामी ज्ञानलाई गहना मात्र ठान्न पनि सकिरहेका छैनौं, ब्रेनवाश गरिएका छौं । ज्ञान अर्थतन्त्रमा अब ज्ञान कै सहारामा बाँच्ने भनिएको हो ।

हाम्रा पुर्खाले हजारौं वर्ष पहिले आफ्ना सन्तति हाम्रा निम्ति ज्ञानको अथाह, अकूत सम्पत्ति कमाएर छाडिदिएका हुन्, तर हामीले चिनेनौं वा चिन्न कोशिस गरेनौं । बिदेशीले पराधीन बनाउने षडयन्त्रमा हाम्रा बिरूद्ध हाम्रै विराशतप्रति विष छर्ने कामको हामी नै अझै मतियार बनिरहेका छौं । भिल्लको देशमा मिल्कन्छ कौडीको मोलमा मणी पनि ! तर अब त्यसो कदापी हुन हुन्न ।

 उपाध्याय, नेपाल सरकार पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…