Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : सम्झन्छु रातोदिन

प्रेमा दाहाल, सिदिङ्वा, ताप्लेजुङ
२ हप्ता पहिले

छोराले कहिले गरेन खवरै पर्देश लागे पछि ।
नानी साथ लिएर त्यो शहरमा लागी बुहारी पनि ।
मेलापात गरेर जीवन गयो एक्लो जवानी सँगै ।
आफ्ना सन्ततिको अपार ममता बोकेर रोएँ सधैं ।

आए चाड फुरुङ्ग हुन्छ मन यो सन्तान भेटौ भनी ।
आँखा सल्बल गर्दछन् हरघडी सन्तान हेरौं भनी ।
आमा याद भएन निष्ठुर भए छोरा र छोरी किन ?
टुक्रा हुन् मुटुका बराबर सबै सम्झन्छु रातोदिन ।

सारा याम विते गए हरघडी अल्झेर आशा भर ।
बन्छन् आँसु सधैं दिवार सरिका छल्केर आँखा भर ।
आशै आश गरेर ज्यान सुकिगो लौरो हरायो कतै
बैशाखी पनको सुयोग्य मनको छोरो हरायो कतै ।

छानो यो खरको नटाल चुहिने फालेर लाऔ टिन ।
भन्दै थ्यो पहिले तनाव अहिले बढ्दै गएको ऋृण ।
आयो चाड दशै तिहार कसरी मानौं म उल्लासले ।
आमामा सब हुन् दिने हरघडी ऐस्वर्य सन्तानले ।

के टालौ घर यो भएन मन नै टालेर बस्ने पनि ।
आशाको मनले दियो धपधपी बालेर बस्ने पनि ।
हुर्काए मनले दिएर ममता छोरा र छोरी भनी ।
फर्केनन् गुडमा भए परपरै पखेटा लागे पछि ।
शार्दूलविक्रीडित छन्द

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…