Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

विष्णुप्रसाद आचार्य ‘अतृप्त’
२ हप्ता पहिले
गजल

मगमगाउँदा फूलैफूलको बहार बनोस् बडादशै
दुर्भाव माथि सदाचारको सवार बनोस् बडादशै

माता दुर्गाको आशीर्वचन सबैको शिरमा परोस्
सद्भाव,मिलन र एकताको उदगार बनोस् बडादशै

अक्षता र जमराले उल्लास छरोस् गाउँटोलमा
चचहुइ र चङ्गा चेटले गुलजार बनोस् बडादशै

च्यातिएका गुन्यु चोली खुइलिएको इस्टकोटमा
एक आङ नयाँ-न्यानो फेरफार बनोस् बडादशै

बुद्धको यो आँगनीमा रक्त-नदी बग्न छाडोस् !
-“हिंसारहित सादा-शान्त“ प्रचार बनोस् बडादशै ।

विदुर–५, नुवाकोट
हाल तारकेश्वर न.पा–२, काठमाण्डौ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…