Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता ‘लक आउट्’

निरूविन्दु परियार
८ महिना पहिले
कविता ‘लक आउट्’

आमा ! यो लक–आउट् भनेको के हो ?
जब,
प्रश्न गर्छ एउटा अबोध् बालकले

आमाको ओंठ थर्रर काँप्छ
औ,
बेजोड् काँप्छ हातका औंलाहरू

पाईलाहरू डग्मगाउँछ हिँड्दा
जमिनहरू खोसिन्छ बस्दा

आमा ! निशब्द हेरिबस्छिन् पर–पर….

आमा मौन बस्नुमा पनि एउटा स्वार्थ लुकेकोछ
त्यो हो,
सन्तानको ‘जीवित सपना’ को संरक्षण !

आमालाई थाह छ ‘लक-आउट्’ को अर्थपूर्ण विवरणहरू

किनभने-
वर्षभरी मजदुरी गरेर कमाएको एकमात्र भरोषा
जस्ले,
आफू सामुन्ने उभिएर प्राणको आहुति दिन्छ नी ?

हजारौं लाशको थुप्रो लाग्छ !

आमाले भोगेकी छन्
जिन्दगीका एकौं–अनेकौं लक–आउट्हरू

आँसुको भाषा नबुझ्ने
पसिनाको मोल नचिन्ने
कत्ति निर्दयी छ यो ‘लक–आउट्’ भनाउँदाहरू

जब, लक–आउट्को कानुन लागु हुन्छ
कमानहरूमा
उफ !
क्षितिजबाट घाम हराउँछ
घामबाट हराउँछ किरणहरू
औ,
धुईं–धुईंती खोज्नु पर्छ रातमा जुन

मानवताले आफ्नै आँखा छोप्छ

हराउँछ मन्दिरबाट इश्वर
अनि
खोसिन्छ श्रमिकहरूको हक् र अधिकार

आमालाई थाह छ !!!

‘लक–आउट्’ भनेको
इच्छा–आकांक्षाको पोष्ट–मार्टम गर्ने मुर्दाघर हो

यो ‘लक–आउट्’ भनेको
आशाहरूको दाह–संस्कार गर्ने चिता हो
साँच्नै नै,
जीउँदो सपनाहरू दफ्नाउने चिहान हो

मृत्यू भन्दा कतैव कम छैन
यो ‘लक–आउट्’
अङ्ग्रेजी हैकमबाद भन्दा नी कम छैन
यो ‘लक–आउट्’

जब,
लक–आउट्को बोर्डहरू टाँसिन्छ
कारखानाको मेन गेट्मा,
दैनिक हाजीराको अपहरण हुन्छ
र बोनसको चिरहरण

फगतः
ताला झुन्डिन्छ मान्छेको मुखमा,
गाँस–बास र कपासमा

र विस्तारै बिर्को लाग्छ भाग्यहरूमा….!

श्रमका पुजारीहरू हैंजाको चपेटमा परे पश्चात
उद्धेश्यहरू कोमामा जान्छ
अन्तमा,
अस्पताल बनाइछाड्छ चियाबारीहरू

समस्याहरू लक–आउट्को बन्दुक बोकेर
तैनाथ हिँडीबस्छ
भविश्यहरू बन्दी बनाएर

खोई,
यो लक-आउट् ! कस्ले गर्ने
‘लक–आउट् ???’

जल्ढक्का कालिम्पोङ्ग

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…