Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : म मान्छे

संसार न्यूज़
२ हप्ता पहिले
कविता : म मान्छे

म मान्छे न घाम संग खुशी
न त जुनसंग
म मान्छे न दिनसंग खुशी
न त रात संग
म मान्छे उफ् म मान्छे

रातको गहिराईमा दिनको यथार्थ खोज्ने
दिनसंग रातको सपना खोज्ने
म मान्छे

विगतका भुलहरु
वर्तमानको घाऊहरू
भविष्यलाई सुम्पिने
उफ म मान्छे

जिन्दगी जीउने क्रममा
दुःख सुखको साँगो
अँह पटक्क चहान्दैन्
बस खुशी सफलताको शिखर
आफ्नो जय जयकार चहाने
म मान्छे

आफ्नो इच्छा पुरा गर्न
मान्छेको लासको सिडी बनाएर
आकाश छुने
म मान्छे
उफ् ….म मान्छे

जन्म पछिको तितो सत्य मृत्यु पनि
आफ्नो असिमित इच्छाहरुमा
ईश्वरीय अतिक्रम सोच्ने
म मान्छे
म मान्छे सबै बुझेर पनि
केहि नबुझ्ने पुच्छर नभएको
म मान्छे म मान्छे
उफ म मान्छे

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…