Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

के टि उत्तम,सिलगढी भारत
२ हप्ता पहिले
गजल

रमाएर सित्तैमा यो जिन्दगीभरी कहाँ नाँच्न सके र म ?
भुलाएर व्यथालू प्रेमसित यो मुटु कहाँ गाँस्न सके र म ?

हरेक मोडमा भेट्ने वाचाहरु, तिमीले गर्न लगायौ
प्रतीक्षामा रहेर तिम्रो प्रेम, कहाँ साँच्न सके र म ?

माया यति कै कति कति संगाल्दै आए विदाईमा
बिरहमा टुटेका यादहरु, कहाँ माँस्न सके र म ?

छिया छिया पारी मुटु मेरो सदालाई तिमी टाढी गयौ
विश्वास चर्किएर अब फेरि कहाँ टाँस्न सके र म ?

कति नै खुशी कति नै रमाइला क्षणहरु ठोक्किए पनि
सम्झनामा तिम्रो सधैं बसेर कहाँ हाँस्न सके र म ?

विश्वासको दह्रिलो अंगालोमा सधैंं भरी बाँधिए पनि
शंकाका विषैलो धारहरुलाई कहाँँ जाँच्न सके र म ?

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…