Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : फोहोरको पिरामिड र मान्छेहरु

रवि रोदन
८ महिना पहिले
कविता : फोहोरको पिरामिड र मान्छेहरु

सुकिलो र बेदाग भएर
तपाईँ जब बाटोहुँदि हिड्दै गर्नुहुन्छ
दफतरतिर जाँदै गर्नुहुन्छ
मुखभित्र के के चबाइरहनुहुन्छ
धुवाँको बादलहरु बीच रमाइरहनुहुन्छ
थुक्न मन लाग्छ तपाईँलाई

पिच्च थुक्नुहुन्छ
बाटो वा कुनै रातो कुनामा
तपाईँलाई लाग्छ
हिड्ने बाटो
सार्वजनिक ठाउँ
दफतरको त्यो एउटा खास कुना
तपाईँको पिकदान हो ।

कैलाश खेरले गाएको
स्वच्छताको गीतले
प्रत्येक बिहान हामीलाई ब्युझाउँछ
पाठशालाको भित्तामा
महात्मा गान्धीले झाडुले बडालेको नक्साले
हामीलाई ब्युझाउँछ
घरको आमाले कसिङ्गर बटुलेर
मैलाको ड्वाङगमा फालेको देख्दा
हामीलाई ब्युझाउँछ
पाठशाला जाने प्रथम श्रेणीको छोरीले
शौचालय गएर
साबुनले हात धोएको देख्दा
हामीलाई ब्युझाउँछ
स्वच्छतातिर
एक कदम बड्दै गरेको
आभाष गर्छौं हामी
तर मनको यो डम्पिङ ग्राउन्डमा
मिलियन टन कसिङ्गर बोकेर
हामी हिडिरहेका छौं ।

फोहोरको पिरामिड माथि उभिएर
कहिलेसम्म हामीले
सभ्यताको हाँक दिइरहनु सुहाउँछ..??
स्वच्छ मन मस्तिष्क
स्वच्छ विचार बोकेर जब हिड्ने बन्छौं
हाम्रो वरिपरि फोहोरको आतंक हुनेछैन
सुकिलो र बेदाग तब प हुन्छौं ।

गान्धी
एकाबिहानै तपाईँको ढोकामा
किन झाडु लिएर उभिएको हुन्छ..??
धुलैधुलोको बादलभित्र
तपाईँका आँखाका चस्मा
धमिला भएका छन्
सफा गर्नुहोस् धुलो
स्वच्छतातिर
एक कदम लमक्नुहोस्
सुकिलो र बेदाग त तब पो होइन्छ ।

हिजआज
खोलाको गीत सुनिन्दैन
पलास्टिक
पोलिथिइनले
कैद गरेको छ
पानीको मुहान
टिस्टा बगी रहन्थ्यो
हरबखत
अहिले टिस्टा
चुहुने समयको पाइताला बोकेर
चोरबाटो लागेको छ
बिसलेरीको बटलमा कैद छ
थोपा थोपा तिर्खाका
बूंदहरु,
जंगल मासिएर अहिले
कंक्रिटको बस्तीभित्र छौं हामी
धुलैधुलैको आकाश मुन्तिर
हामी बाँची रहेका छौं
फोहोरको पिरामिडमाथि उभिरहेका छौं हामी ।

गाउँ घर
बाटो सहर
नाला झोडा
जही तहीँ फोहोर नफालौं
सफा गरौं वरिपरि
न फ्याकौं मैला वरिपरि ।

सुकिलो र बेदाग भएर
जब बाटोहुँदि हिड्दै गर्नुहुन्छ
दफतरतिर जाँदै गर्नुहुन्छ
बाटोहुँदि थुक्न हुन्न
भित्ताको त्यो कुनामा थुक्नुहुन्न
तपाईँलाई
हिड्ने त्यो बाटो
सार्वजनिक ठाउँ
दफतरको त्यो एउटा खास कुना
अब तपाईँको पिकदान बन्दैन
एकाबिहानै
तपाईँको ढोकामा
गान्धी जस्तै देखिने मान्छे देखिन्

Ravi Rodan Mount Sinai Academy Zoom,

west Sikkim Po Zoom pin 737121

contact 9074067272/ 8768929471

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…