Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैं नबनोस् दशा, यसरी खानुस् मदिरा र मासु दशैंमा

संसार न्यूज़
२ महिना पहिले
दशैं नबनोस् दशा, यसरी खानुस् मदिरा र मासु दशैंमा

दशैं सम्झिदै खुलेको आकाश, पर–पर क्षितिजसम्म देखिने सफा मौसमलाई कसले बिर्सने ? सँगसँगै जताततै हरियाली, आँगनभरी फुलेका सयपत्री र मखमली फूल अनि बारीभरी फूलेको पहेंलो तोरीले त झन देश छोडेर विदेश बसेका परदेशीलाई दशंैैंको झझल्को ल्याइदिन्छ । गाउँघरमा पहेंलपुर भएको बेशी, कुखुराको चल्ला बसे जसरी बारीभरी फुलेको तोरी र लपक्क भएर पाक्दै गरेको कोदोले दशंैैसँगै खुसी साटेजस्तो लाग्छ ।

कानमा सिउरिएका पहेंला जमराका गुच्छा र रातो टिका दशैंका बिशेषता नै भए । यी बाहेक दशैं शाकाहारी र मांसाहारीको विशेष परिभाषाका लागि महत्वपूर्ण मानिन्छ ।

दशैंसँग मासु जोडिएर आउने गर्छ । हुनत अरु बेला पनि हाम्रो भान्सामा तरकारीको रुपमा मासु पकाउने चलन बढेर गएको छ । अरु बेलाको मासु र दशैंको मासुमा खास फरक नभएपनि मांसाहारीले दशंैैंको मासुलाई विशेष रुपमा लिएको पाइन्छ ।

सोह्र श्राद्ध सकिनासाथ धेरैको मान्छामा दशंैैंको मासुले प्रवेश पाउँछ । अझ फूलपातिपछि त शाकाहारी बाहेक अरुको भान्छा मासुमय भइहाल्छ । पाक्दै गरेको मासुका परिकारहरूको स्वादले केही दिन दशैं र मासुको सम्बन्धको परिभाषा आफैं दिइरहेझंै लाग्छ ।

पक्कै दशैं मासुको मात्रै चाड होइन । तर दशैंमा कोत, शक्तिपिठमा मात्रै होइन घरघरमै बलि दिने चलन रहिआएको छ । राँगा, बोका, हाँस र कुखुराको वलि दशैंमा दिइन्छ । वलि बाहेक पनि दशैंमा घर–घरमा खसी काट्ने चलन पनि छ । घरमा खसी नकाट्नेहरूले पनि मासु पसलबाट मासु ल्याएर दशैं मनाउने गर्छन् । सप्तमी देखि कोजाग्रत पूर्णिमासम्म धेरै नेपालीको घरमा मासु नै पाक्ने गरेको पाइन्छ ।

आफ्नो स्वाद अनुसार मानिसहरूले मासुका विभिन्न परिकार बनाएर खाने, रमाइलो गर्ने गर्छन् । दशैंमा मासु खानु र मासुकै परिकारले पाहुनाहरूलाई सत्कार गर्नुलाई दशैं विशेष मान्ने गरेको पाइन्छ । त्यसैले दशैं र मासु धेरै हदसम्म एक अर्काका परिपुरकसमेत भएका छन् । भलै मासु नभई दशैं टर्दै नटर्ने भन्ने त होइन । तर, दशैंलाई मासुले विशेष प्रभावित भने गर्न सक्छ ।

मासु महिमा
मानिसले सबैभन्दा पहिले खान सुरु गरेको नै मासु भएको मानवशास्त्री बताउँछन् । जंगलमा कन्दमुल भन्दा पहिला मान्छेले काँचै मासु खान थालेको हो । आगोको विकाससँगै उसले मासु पोलेर खान थालेको र सँगसँगै कन्दमुल र अनाजतर्फ मानव आकर्षित भएको पाइन्छ ।
मानिस र मासुको सम्बन्ध ऐतिहासिक कालसँग जोडिएको मान्न सकिन्छ । उक्त सम्बन्ध दशैंसँग पनि जोडिएको भन्दा अतिसयोक्ति नहुने बताइन्छ ।

दशैंमा विशेषत शक्तिपिठहरूमा बलि दिइन्छ । यसले स्त्रीशक्तिको महिमा समेत उद्घोष गर्दछ । यससँगै बलि दिएका जनावरको मासुको खपत पनि गर्नैपर्ने भएकोले दशैंमा मानिसहरू मासुका विविध परिकार बनाएर खान मन पराउँछन् ।

लामो विदाले समेत होला धेरैको योजनानै दशंैैंमा मासुका विविध परिकार बनाएर आफन्तसँग बसेर रमाइलो गर्ने भन्ने नै हुन्छ ।

रोगको कारण नबनोस मासु
नेपाली समाजले दशैंलाई महान चाडको रुपमा स्वीकारेको छ । यसकारण यस चाडमा वर्षभरीका दुःख बिर्सदै चाडलाई बढी मासुमय बनाइन्छ । यस्ता चाडवाडमा गरीने खानपानको सामान्य लापरवाही रोगका कारण समेत बन्न सक्छन् ।

नेपाली समाजमा दशैंको समयमा मासु विभिन्न रेसिपी अनुसार गजब गजबका पकवान तयार पारेर खाइन्छ । खसी, बोका, राँगा, बँदेल आदिको रातो मासुमा फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । यस्तो एसिड शरीरमा रहेको कोलेस्ट्रोलसँग मिलेमा शरीरमा खराब चिल्लो तयार हुने डा. खेमराज भुसाल बताउँछन् । यसैले सकेसम्म मासुको देखिने जति बोसो निकालेर मात्र खानु पर्ने डा. भुसालको सुुझाव छ । त्यसमा थोरै तेल र मसला राख्दा पचाउन सजिलो र स्वास्थ्यमा पनि हानी नगर्ने उनी बताउँछन् ।

दशैंमा मासुसँग चिसो पेय पदार्थका साथै मदिरा पनि खाने चलन छ । त्यस्ता पेय पदार्थ, मदिरा र मासुले शरीरको तौल बढाउन मद्दत गर्दछ । मदिरामा अत्याधिक मात्रामा क्यालोरी हुने भएकोले यसले तौल बढाउँछ । जति तौल बढ्दै जान्छ, शरीरका अन्य अंगमा त्यसको नकारात्मक असर पर्दछ । मधुमेहको औषधि खाइरहेका बिरामीले मदिरा सेवन गरे मिर्गौला खराब हुने सम्भावना बेसी हुने डा. भुुसाल बताउँछन् । मदिराका कारण दिमाग, मुटु र कलेजो मिर्गौलामा असर पर्दछ । यसकारण दशंैैंमा मासु खाँदा स्वास्थ्यको ख्याल गर्न अनिवार्य रहेको डा. भुसालको सुझाव छ ।

मासु किन्दा ध्यानदिनुपर्ने कुरा

– मासु पसल सफा छ, छैन हेर्नुहोला
– मासु थलथल बगेको छ भने त्यस्तो मासु नकिनेकै राम्रो
– मासु फ्रिजमा राखेको छैन भने अस्वस्थ पनि हुन सक्छ ।
– गन्ध आएको मासु नकिन्नु होला ।
– खुला र बासी मासु अस्वस्थ्यकर हुन्छ ।
– दैनिकजसो मासु नखाएको राम्रो
– मासुसँग सागसब्जी, मुला, काँक्रा र गाजर पनि खाँदा राम्रो
– स्वस्थ्य र ताजा मासु बेस्सरी पकाएर मात्रै खाएको राम्रो
– विश्वसनिय पसलबाट मात्रै मासु किनेको राम्रो
– काँचो र डढेको मासु नखानु नै राम्रो
– बासी, सडेगलेको मासुले स्वास्थ्यलाई असर गर्दछ ।

मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रोग निम्त्याउने खतरा बढ्न सक्छ । रोगी, झोक्राएको, कचेरा लागेको पशुको मासु त खादै खानुहुन्न । कतिपय रोग पशुबाट मानिसमा सर्न सक्छन् । त्यसकारण मासु खादा स्वस्थ्य पशुको मासु खानु राम्रो हुन्छ ।
निरोगी पशुको मासुलाई पकाउँदा पनि ध्यान नदिए त्यो रोगको खानी बन्न सक्छ । पोलेको मासु, तारेको मासु र विभिन्न रसायन हालेर पकाइएको मासु क्यान्सरको कारक बन्न सक्छ । क्यान्सरको कारक कार्सीनोजेनीक यस्तो मासुमा बढी पाइन्छ । यसले आमासय र ठूलो आन्द्रालाई ‘इफेक्टेड’ गरेर क्यान्सरको जोखिम बढाउन सक्छ ।

मदिरा, चुरोट र मासु एकैसाथ खानुपनि रोग निम्त्याउने खालका बानी हुन् । यस्ता चिज अलग अलग खानु भन्दा सँगै खानु धेरै गुणा क्यान्सरको जोखिम निम्त्याउनु हो । नेपालमा ठूलो आन्द्रा र आमासयमा हुने क्यान्सरको मुख्य कारक तारेको, पोलेको र रसायनयुक्त मासु नै हो ।

मासु र मदिराका असर
अधिक मदिरा सेवनले शारीरिक सन्तुलन गुम्ने, नजिक टाढाको अनुमान लगाउन र कुनै चिज ठम्याउन गाह्रो हुने, बेहोश हुने तथा मृत्यु समेत हुन सक्छ । सर्वसाधारण मात्रै नभएर कतिपय चिकित्सकमा पनि मदिरा सेवनले एचडीएल नामक कोलेस्टरल बढाउने र घटाउने भएकाले मुटुलाई बचाउँछ भन्ने गलत धारणा छ । यथार्थमा मदिरा सेवनले कलेजो लगायत शरीरका अन्य अङ्गलाई हानी पु¥याउँछ ।
मदिराले शरीरको बाह्य भागको रक्तनलीलाई फुलाउने हुनाले शुरूमा ब्लडप्रेसर घटाउँछ तथा शारीरिक ताप नष्ट गराउँछ । त्यसैले विशेषतः जाडो मौसममा मदिरा सेवन अरू खतरनाक हुन्छ । मुटुको चाल घटबढ हुने, पाचन नलीमा सुजन, ग्यास्ट्राइटिस, अल्सर हुनुका साथै स्तन, खाद्यनली तथा आन्द्राको क्यान्सर पनि हुन सक्छ । मदिराले पुरुषमा नपुंसकता ल्याउने, अण्डकोष सुकाउने एवम् महिलामा महीनावारी गडबड गराउँदै हड्डी कमजोर बनाउँछ भने गर्भको शिशुलाई पनि हानि पु¥याउँछ । मदिरा सेवन गर्दा कलेजो, प्यान्क्रिर्याज ग्रन्थी, मधुमेह, उच्च कोलेस्टरल, युरिक एसिड, मिर्गौला, क्यान्सर, अल्सर, मुटु सुन्निने, रगत पातलो हुने सम्भावना पनि बढी हुन्छ । निरन्तर मदिरा सेवन गर्दा मानिसको आयु २० वर्ष घट्ने बताइन्छ ।

मासु खाँदा उमालेको खाए राम्रो भन्छन डा.रविन्द्र समिर

दसैंमा मानिसहरूले अरु समयभन्दा बढी मासु खान्छन् । मासु सँगै रेशादार खाने कुरा पनि खानुपर्छ भन्ने हेक्का नहुँदा धेरै मानिस बिरामी पर्छन् । फलफूल, सागसब्जी सँगै काउली र ब्रोकाउली पनि दसैंमा खाएमा मासुले पु¥याउने हानी कम गर्न सकिन्छ । सामान्यत अन्य खाने कुरा १२ घण्टामा पचिसक्छ । तर, मासु पूर्णरुपमा पच्न २० घण्टा भन्दा बढी लाग्छ । त्यसैले मासु उमालेर वा सामान्य पकाएर खानु राम्रो हुन्छ ।

मदिराको मात्रा र असर
बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने जीन, भोड्का, ब्रान्डी र ह्विस्कीमा बढी हुन्छ । ४० वर्ष नाँघेका पुरुषले दैनिक एक बोतल बियर वा एक गिलास (२५० मिलि) वाइन वा ६० मिलि हार्ड ड्रिक्स लिँदा त्यति फरक पर्दैन ।

मदिरा सेवन गरेको व्यक्तिको व्यवहार रगतमा हुने अल्कोहलको मात्रा अनुसार फरक हुन्छ । १०० मिलिलिटर रगतमा ३० मिलिग्राम अल्कोहल हुँदा खुशी हुने, ५० मिलिग्राम अल्कोहल हुँदा सामान्य हिंडडुलमा गडबडी आउने र १०० मिलिग्राम हुँदा देखिने गरी खुट्टा लरबरिने हुन्छ । त्यस्तै सोही परिमाणको रगतमा २०० मिलिग्राम अल्कोहल भएमा बिर्सने, ३०० मिलिग्राम अल्कोहल भएमा ढल्ने र ४०० मिलिग्राम अल्कोहल भएमा मानिस गहिरो निद्रामा पर्ने तथा मृत्युसमेत हुन सक्छ ।

कहिले र कसरी पिउने ?
मदिरा पिउने बानी लागेको छ भने पनि हरेक दिन तथा धेरै पिउनुहुँदैन । किनभने, सधैं र धेरै पिउँदा नकारात्मक असर पर्छ । मदिराको असर नियमित पिउनेलाई भन्दा कहिलेकाहिँ धेरै पिउनेलाई भन्दा बढी हुन्छ । निट भन्दा पानी वा सोडा मिसाएर पिउँदा कम असर पर्छ ।
एक युनिट मदिरा शरीरबाट निख्रिन करीब एक घण्टा लाग्छ, त्यसैले पिउनेहरूले धेरै समय लगाएर पिउनुपर्छ । आन्द्राको मदिरा सोस्ने प्रक्रिया खानेकुराले घटाइदिने हुनाले बढी स्न्याक्स खानु राम्रो हुन्छ ।

लतको उपचार
मदिरा सेवनकर्तामा अन्य मेडिकल समस्या आएमा, उपचार गर्न गाह्रो भएमा र मानसिक समस्या देखिएमा अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्छ । लत छुटाउन चाहनेलाई अस्पतालको शान्त कोठामा आराम गराई थायमिन, डेक्सट्रोज, बेन्जोडायजेपिन समूहको औषधि दिनुपर्छ । कतिपय औषधिले मदिराको चाहना घटाउँछन् । योग, ध्यान गराई आत्मनियन्त्रण गर्ने खुबी पनि विकास गराउनु उपयुक्त हुन्छ । मदिराको लत लागेकालाई व्यक्तिगत तथा समूहमा मनोगत सरसल्लाह (साइकोथेरापी) दिन सकिन्छ ।

साच्चैं तपाई मासुको पारखी हुनुुहन्छ । मासुलाई फरक–फरक ‘रेसिपी’ बनाएर स्वादका साथ मासु खान चाहनुहन्छ भने एकपटक पढ्नुहोस्, मासु ‘रेसिपी’

१– मटन सेकुवा – घरमा बडेमानको खसी ढालिएको छ । उक्त खसीका हरेक अंगलाई छुट्टा छुट्टै रेसिपी बनाएर खाने चाहना छ भने तपाईको रोजाइमा मटन सेकुवा पर्न सक्छ । दशंैैंमा मटन सेकुवा सर्वाधिक लोकप्रिय रेसिपी बन्न सक्छ । आगोमा पोलेको मासुमा पाइने धुँवाको बास्ना खुब स्वादिलो हुन्छ । तपाईसँग टुक्रा पारेको मासु छ भने त्यसलाई स्वाद अनुसार गोलभेडा, अदुवा, लसुन, सोया सस, मरिच र नुनको लेपमा मोलेर स्वाद अनुसार पोलेर मटन सेकुवा बनाउन सक्नुहुन्छ ।

२–मटन करी – दशैंमा मासुको कमी हुने कुरै भएन ।दशैंका प्राय दिन मासु नै खाइन्छ । सधै एउटै परिकार खाँदा मासुप्रति वितृष्णा समेत उत्पन्न हुन सक्छ । यसकारण फरक फरक ‘रेसिपी’ फरक फरक ‘डिस’ दशैंका विशेषता नै हुन् । मटन करी यस्तै एउटा रेसिपी हो । यदि तपाईसँग १ किलो मासु छ भने त्यसमा स्वाद अनुसार क्युमिन पाउडर, लसुनको पेस्ट, पीन्च साल्ट, आवस्कता अनुसार मसला पाउडर, केहि चम्चा घीउ र तोरीको तेलको सहायताले मिठो ‘मटन करी’ तयार गर्न सक्नुहुनेछ । दाल भात र मासु, मटन खाजा सेट पनि दशंैैंका फरक रेसिपी बन्न सछन् । यी बाहेक वोन सुप, हड्ी कबाव बनाएर पनि मासुको भिन्न परख गर्न सक्नुहुनेछ ।
घर, समाज तथा रोजगारीमा पुनस्र्थापित हुने मौका दिनुपर्छ ।

दशैं, मासु र मदिरा
मदिरा अर्थात् अल्कोहल युक्त पेय पदार्थ, मासु टन्न तेलमा फ्राइ गरेको वा मसालेदार बनाएको । दसैंमा यी दुवैको ‘कम्बीनेसन’ खुब मिल्छ । दसैंको बिदा सुरु भएसँगै मासु र मदिरामा जम्ने सहरीया समुदाय प्रत्येक वर्ष बढ्दो छ भने गाउँमा पनि आजभोली यस्तो चलन बढेको पाइन्छ । तर, गाउँमा पसिना बग्नेगरी मेहनत गरिने भएकाले त्यसले त्यति समस्या निम्त्याएको देखिन्न जति सहरमा बस्नेमा देखिन्छ ।
अझ थकाइ लाग्दा, पानी पर्दा, टेन्सन बढ्दा, जाडो वा गर्मी हुँदा, जतिखेर पनि मदिरा पिउने अवसर जुटाउने चलन पनि सहरमा नयाँ होइन । कहिलेकाँही अरुको मन राखिदिन पनि खाइन्छ ।

ह््वीस्की, रम, भोड्का, वीयर, वाइन, जीन वा लोकल सबैमा थोरै धेरै अल्कोहलको मात्रा हुन्छ नै । सबैभन्दा धेरै ह्वीस्कीमा ४० प्रतिशत माथि अल्कोहल हुन्छ । वीयरमा १२ प्रतिशत र वाइनमा जम्मा ५ प्रतिशत अल्कोहल हुन्छ ।

यी मध्ये जे खादा पनि शरीरले अल्कोहल प्राप्त गर्छ । हरेक चीजका राम्रा र नराम्रा पक्ष भएजस्तै मदिराको पनि राम्रो पक्ष हुन्छन् । तर, यसको धेरै नराम्रो पक्ष हुने डा. खेम भुसाल बताउँछन् । मुटुको चालको गडबडी, मुटुको मांसपेसीको दाग आदिको कारण पनि मदिरानै भएको डा. भुसालको तर्क छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…