Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैमा पनि निःशुल्क शव ढुवानी नरोकिने

संसार न्यूज़
४ महिना पहिले

 

१८ असोज, काठमाडौँ,। वैदेशिक रोजगार बोर्डले दशैँका क्रममा सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको निःशुल्क शव ढुवानी नरोकिने प्रष्ट पारेको छ ।

यही असोज १९ देखि २२ गतेसम्म बोर्डका सचिवालय बन्द हुने भए पनि शव ढुवानी सेवा नियमित हुने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । बोर्डले बिदाको समयमा शव ढुवानी कार्यमा समन्वय गर्न उपसचिवको नेतृत्वमा चार कर्मचारीलाई तोकेको छ ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको शव त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घर ठेगानासम्म निःशुल्क रूपमा ढुवानी गर्दै आएको छ ।

यसैबीच, बोर्डले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ दशैँका बिदाका दिन पनि खुल्ने भएको छ । बिदाका दिन बिहान १० देखि साँझ ५ बजेसम्म एक ‘सिफ्ट’मा कल सेन्टर सञ्चालन हुने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । बार्डले श्रम, रोजगार, वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । (रासस)

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ७ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…