Sansar News- Nepal's Fast Khabar Online News Portal

पत्रकार निर्भिकले गरे पुण्यको काम, आँखा दानका लागि दिए इच्छापत्र

संसार न्यूज़
१० महिना पहिले
पत्रकार निर्भिकले गरे पुण्यको काम, आँखा दानका लागि दिए इच्छापत्र

२० असोज, पर्वत । पत्रकार निर्भिकनारायण भुर्तेलले आँखा दानका लागि इच्छापत्र दिएका छन् । भुर्तेलले २६ औँ जन्मदिनको अवसरमा आफ्नो मृत्युपछि आँखा दान गर्नका लागि आइतबार इच्छापत्र दिएका हुन् । आफ्नो निधनपछिको योजनालाई सार्थक बनाउन तथा आफ्नो आँखाबाट अरु कसैले सुन्दर संसार देख्न सकोस् भन्ने उद्देश्यले आफू जन्मेको दिन काठमाडौँस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा इच्छापत्र बुझाएको पत्रकार निर्भिकले बताए ।

“मान्छेको शरीर एकदिन खरानी भएर जान्छ, कसैले पनि यो शरीरलाई लिएर जाँदैनन्”, पत्रकार भुर्तेलले भने, “मानव भएर जन्मन पाएको सुअवसरलाई मरेपछि पनि सदुपयोग गर्न आँखा दान गर्ने निर्णय गरी इच्छापत्र बुझाएको हुँ ।” आँखा दान, महादान भन्ने सुन्दै आएको र पहिलेदेखि नै मृत्युपछि आँखा दान गर्ने योजना बनाए पनि बल्ल आएर पूरा भएको पत्रकार भुर्तेलले बताए । आफू नमर्दासम्म दिन नमिल्ने र मरेपछि आफैले दिन नमिल्ने भएकाले घरपरिवार तथा समाजमा यसबारेमा जानकारी गराउँदै पत्रकार भुर्तेलले तिलगङ्गा आँखा प्रतिष्ठानमा खबर गरिदिन पनि अनुरोध गरे ।

हाम्रो समाजमा मृत्युपश्चात अङ्गदान गर्नुहुन्न भन्ने मान्यता रहे पनि यसलाई चिर्दै आफूबाटै शुरुआत गरेको पत्रकार भुर्तेलले बताए । आँखा दान भनेको पूरै आँखा निकाल्ने नभई मृत्युपछि आँखाको नानीमात्रै दान गर्ने हो, नानी निकाल्दैमा मृतकको अनुहार कुरुप नहुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखा प्राविधिक किरन इजम सुब्बाले बताए । नेपालमा एउटा आँखा बराबर १२ जना बिरामी आँखा प्रत्यारोपणका लागि प्रतिक्षामा बस्ने गरेको तिलगङ्गा आँखा प्राविधिक सुब्बाले बताए । मृत्युपश्चात् आँखा दान गरेमा दृष्टिविहीनले पनि सोही आँखाबाट देख्न सक्ने भएकाले यो निक्कै पून्य कार्य हो ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…