Sansar News- Nepal's Fast Khabar Online News Portal

राष्ट्रपतिबाट टीका

संसार न्यूज़
८ महिना पहिले
राष्ट्रपतिबाट टीका

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छन ।

राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन । राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उहनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन ।

राष्ट्रियगान गायन पछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।

राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…