Sansar News- Nepal's Fast Khabar Online News Portal

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु

संसार न्यूज़
८ महिना पहिले

२१ असोज । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ ।

बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३-३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। उनको गए राति १२ बजेको समयमा ज्यान गएको न्यौपानेले जानकारी दिए ।

यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९-३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ । शुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…