Sansar News- Nepal's Fast Khabar Online News Portal

सेल्फी खिच्दा चार जनाको मृत्यु

संसार न्यूज़
५ दिन पहिले
सेल्फी खिच्दा चार जनाको मृत्यु

२१ असोज (रासस /एएफपी) दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेको बताइएको छ ।

सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बताइएको छ । सेल्फीको मोहले हाल दुर्घटना बढेको बताइन्छ ।
द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथका अन्य तीन किशोरकिशोरी पनि रहेका जनाइएको छ ।

सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ पुगेको थियो ।
जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।
भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्यान गएको थियो ।

सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्यान गएको थियो ।
सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता व्यवहारविरुद्ध जानकारहरूले चेतावनी दिएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…