Sansar News- Nepal's Fast Khabar Online News Portal

टीकाको भोलिपल्ट राजधानीमा जे देखियो (फोटो फिचर)

संसार न्यूज़
८ महिना पहिले

दशैंको टीकाको दिन सुनसान प्रायः देखिएको राजधानी काठमाडौं भोलिपल्ट बुधबार भने केहि ब्यस्त देखिएको छ । सवारी साधनको चाप केहि बढेको देखएिको छ भने मानिसहरु क्रमशः काममा फर्किन थालेका छन ।

सवारी साधनको चाप बढे पनि भने जति सवारी नचल्दा गन्तब्यमा जान हिंडेका यात्रुहरु गाडीको कुराइमा लामो समय सम्म बसेका छन भने कोहि भने पैदलै गन्तब्य तिर गैहेका भेटिए । सवारी अभाबमा केहि ट्याक्सि चालकहरुले मनपरि भाडा उठाएको पनि देखियो ।

राजधानीका शक्तिपिठहरु पनि सुनसान छन । टीकको अधिल्लो दिनसम्म भिडभाड देखिएका ठाउँह्रु पनि सुनसान जस्तै देखिएका छन । केहि दिन अगाडी ब्यस्त देखिएको भृकुटीमण्डपको खसि बजार लग भग सुनसान छ । यो दशैंमा यहाँबाट मात्रै करिब ७ हजार खसी बोकाको बिक्रि भएको बजार ब्यबस्थापन समितिले बताएबको छ ।

दशैंको टीका थापेर फुर्सद भएकाहरुको सिनेमा हलहरुमा सिनेमा हेर्नेको भिड देखियो ।

सवाारी साधनको न्युन उपस्थिती देखिए पनि राजधानीको प्रदुषण भने बढेको छ । सहरका बिभिन्न ठाउँहरुमा रखिएका प्रदुषण मापन गर्ने यन्त्रहरुले बुधबार राजधानीमा प्रदुषणको मात्रा निकै बढेको देखाएका छन ।

  
दशैं चलि रहँदा पनि राजधानीको सडक मर्मतको काम चलि रहेको छ । आगामी शनिबारदेखि हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङ पिङ को सवारी रुटमा सडक मर्मतको काममा मजदु्हरु ब्यस्त देखिए ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…