Sansar News- Nepal's Fast Khabar Online News Portal

साहित्य तर्फको नोबेल पुरस्कार पिटर हान्डके र ओल्गा टोकारजुकलाई

संसार न्यूज़
२ महिना पहिले
साहित्य तर्फको नोबेल पुरस्कार पिटर हान्डके र ओल्गा टोकारजुकलाई

असोज स्टकहोम(रासस(एपी) सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।

सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन ।

स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुबै पुरस्कारको घोषणा गरेका थिए ।

पुरस्कारका लागि आठ जनाको नाम प्रारम्भिक छनौटमा परेको र त्यसमध्ये दुई जनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोेबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सोनले बताए ।

पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ ।

यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको पुरस्कार घोषणा गरिसकिएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…