Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेद्वारी

संसार न्यूज़
२ महिना पहिले
एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेद्वारी

२४ असोज, काठमाण्डौं । अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने दिने भएका छन् ।

यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लागेका हुन् ।

निर्वाचनमा भाग लिन बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा गरेका हुन् । उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेद्वारी दिन लागेको बताए ।

डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गरे ।

उनले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेद्वार भएको बताए ।

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

तनहुँ व्यास नगरपालिका–९ सिस्नेरीमा जन्मनुभएका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन् ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…