Sansar News- Nepal's Fast Khabar Online News Portal

पिरो प्याज, जिरो ब्याज

संसार न्यूज़
१० महिना पहिले
पिरो प्याज, जिरो ब्याज

२४ असोज । अचेल नेपालीहरूको भान्सामा प्याज बढी नै पिरो भएको छ, कारण हो एक महिना अगाडि ४० रुपियाँ प्रति केजी पाइने प्याज अहिले १३० रुपियाँ प्रति केजी पुगेको छ ।

सन् २०११ को जनबरी र सन् २०१३ को नोभेम्बरमा पनि यस्तै स्थिति आएको थियो । सन् २०११ मा दुई महिनाको अन्तरमा प्याज प्रति केजी मूल्य रु. ६४ बाट १६० पुगेको थियो भने सन् २०१३ को अन्त्यतिर प्याज प्रति केजी रु. १२० पुगेको थियो । यही बेला छिमेकी भारतमा पहिलो पटक एउटा अनौठो संयोग देखियो ।

आवश्यक वस्तु प्याज प्रति केजी भारु.७५, आरामको वस्तु पेट्रोल प्रति लिटर भारु. ७५ र विलासी वस्तु बीयर प्रति बोतल भारु. ७५ भएको थियो । आर्थिक इतिहासमा यो पहिलो परिघटना थियो । नेपालले एक वर्षमा रु. ५ अर्ब जतिको ३ लाख मेट्रिक टन प्याज आयात गर्दछ र यो आयात धेरै भारत र थोरै चीनबाट हुने गरेको छ ।

एकाइसौं सताब्दीको आरम्भदेखि नै सबै देशका बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाउँदै आएका छन् । हाम्रो देश नेपालमै दुई दसक अगाडि ८ प्रतिशत जति पाइने व्याजदर अहिले ४ प्रतिशत जतिमा झरेको छ । जापानमा त बीस वर्षदेखि ०.१ अर्थात् ० प्रतिशत मात्र ब्याज दिने चलन छ अझ सन २०१६ को जनवरीको अन्तिम दिन जापानको केन्द्रीय बैंक जापान बैंले निक्षेप राख्नेहरूले ०.१ प्रतिशत ब्याज बैकलाई नै दिनु पर्ने नकारात्मक ब्याजदरको प्राब्धान नै ल्यायो ।

जापानमा रहेको पैसालाई परिचालित गर्न त्यहाँको सरकारले विकासशील मुलुकहरूमा सस्तो ब्याजदर ४–५ प्रतिशतमा ऋण लगानी गर्न थाल्यो र यस्तै ऋण मागेर हाम्रा जस्ता देशहरू लगानी भित्राएको गुड्डी हाँक्दछन् । उदाहरणका लागि आश गरिएको चिनियाँ सहुलियत ऋणमा केरुङ–काठमाडौं रेल अथवा सम्झौता गरिएको मुम्बई–अहमदावाद बुलेट ट्रेन आदि ।
समाचार स्रोत : भरत पोखरेल

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…