Sansar News- Nepal's Fast Khabar Online News Portal

ज्योति विकास बैंक र इस्टर्न एजेन्सी बीच सम्झौता

संसार न्यूज़
९ महिना पहिले
ज्योति विकास बैंक र इस्टर्न एजेन्सी बीच सम्झौता

ज्योति विकास बैंक र बतास समूहअन्तर्गतको इस्टर्न एजेन्सी बीच असोज १७ गते सम्झौता भएको छ। सम्झौताअन्तर्गत इस्टर्न एजेन्सीको सिफारिस प्राप्त ग्राहकहरुले आइसरब्राण्डका गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०५ सम्म कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायबमहाप्रबन्धक सुशीलकुमार शर्मा तथा इस्टर्न एजेन्सीको तर्फबाट इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिमप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डका गाडि ग्राहक वर्गहरुलाई ७०५ सम्म कर्जासहित सजिलै प्राप्तहुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवार  कर्जासेवाको लाभ लिन सकिने छ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल आइसरब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जासेवाले ग्राहकहरुलाई थप सहज हुने विश्वास बैंकको छ । इस्टर्न एजेन्सीले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई आइसरगाडि खरिद तथा विक्रिपश्चातको सेवा दिंदै आएको छ।

यो ब्राण्डका स्कुलबसहरुले नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ । स्कुलबसहरुमा लगानी गर्नको लागि ज्योति विकास बैंक सदैव तयार रहेको बताइएको छ । ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँशाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यसआर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवाप्रदान गर्ने तयारीमा रहेकोछ। हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट रु। ३० अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई रु। २६अर्व भन्दा बढि लगानी गर्न सफल भएको छ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…