Sansar News- Nepal's Fast Khabar Online News Portal

यसरी मनाए युगाण्डामा रहेका नेपालीले दशैं (भिडियो सहित)

संसार न्यूज़
१० महिना पहिले
यसरी मनाए युगाण्डामा रहेका नेपालीले दशैं (भिडियो सहित)

२४ असोज, युगाण्डा । नेपालीहरुको महान पर्व विजया दशमी अफ्रिकी देश युगाण्डामा पनि विविधि कार्यक्रम गरेर मनाइएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगाण्डाको आयोजनामा राजधानी कम्पालामा सम्पन्न गरिएको उक्त दशैं कार्यक्रम हरेक वर्षजस्तै यसवर्ष पनि टिकाकै दिन मनाइएको हो ।

एनआरएनए युगाण्डाका अध्यक्ष बिनोद थापाको अध्यक्षता रहेको उक्त दशैं कार्यक्रममा युगाण्डाका चर्चित व्यवसायी सुधीर रुपालियाको प्रमुख आतिथ्यता तथा मेघा ग्रुपका प्रमुख बिजेनसम्यान तथा डाइरेक्टर सिराज मेघानियाको विशेष आतिथ्यता रहेको थियो । साथै अन्य अतिथिका रुपमा भारतीय तथा युगाण्डिएन नागरिकको उपस्थिति रहेको थियो ।

तेजेन्द्र विवश र श्रेया बमको संचालन रहेको उक्त कार्यक्रममा आतिथ्यता ग्रहणपछि नेपाली राष्ट्र गान र पन्चकन्या (प्रगति गिरी, एन्जिला श्रेष्ठ, बैदेही शर्मा, इशानी गैरे र अंशिका बस्नेत) बाट दीप प्रज्वलन गरेर औपचारिक सुवात गरिएको थियो ।

संस्थाका प्रबक्ता निमेष श्रेष्ठको स्वागत मन्तब्य, अध्यक्ष बिनोद थापाको शुभकामना मन्तव्य, पूर्बअध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रमेश कंडेलबाट संस्थाका योजना र गतिबिधि प्रकाश पारिएको उक्त कार्यक्रममा प्रमुख अतिथी सुधिर रुपारेलियाले शुभकामना मन्तव्यमा नेपाल र नेपालीको खुलेरै प्रशंशा गरेका थिए ।

त्यस्तै डाक्टर सिराज मेघानिले पनि युगान्डामा नेपालीहरुको सानो समूह रहेता पनि उल्लेखनीय कार्य गरेको र केही नेपालीको रोजगारदाता हुन पाएकोमा गौरब महशुस गरेको बताएका थिए ।

कार्यक्रमलाई रोचक बनाउन सांस्कृतिक समुहको परिचालन तथा स्थानीय कलाकार र रास्ट्रियस्तरमा गीत तथा मोडलिङ गरिसकेका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

बाल कलाकार पवन भण्डारी, प्रगति गिरी, बैदेही शर्मा, एन्जिला श्रेष्ठ, अंशिका बस्नेत, इशानी गैरे, गायक रमेश कंडेल मोडल रमा अर्याल, स्थानीय कलाकार गरिमा शर्मा बस्नेत, गायक पंकज झा, मदन बम लगायतको प्रस्तुति रहेको थियो ।

सोहि अवसरमा युगाण्डामा इण्डियन तथा नेपालीहरुका पनि अभिभावक मानिएका कार्यक्रमका प्रमुख अतिथि एवं युगाण्डाका चर्चित व्यवसायी भारतीयमुलका सुधिर रुपालियाको हातबाट टिका तथा दक्षिणा ग्रहण गरिएको थियो ।

अन्त्यमा एनआरएनए युगाण्डाका बरिष्ठ सल्लाहकार जिभनाथ पंगेनी र एनआरएनए आइसीसी सदस्य राजमणी भण्डारीबाट धन्यवाद ज्ञापन मन्तव्यको साथ कार्यक्रको समापन गरिएको थियो ।

कार्यक्रम सफल बनाउन गैरआवासिय नेपाली संघ युगान्डाको हरेक कार्यकारी सदस्यको महत्वपूर्ण भुमिका रहेको भन्दै अध्यक्ष थापाले धन्यवाद ज्ञापन गरेका थिए । उनका अनुसार विगतका वर्षहरुमा भन्दा यसवर्ष उत्कृष्ट रुपमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…