Sansar News- Nepal's Fast Khabar Online News Portal

धौलागिरीमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु 

थम्मन थापा
९ महिना पहिले
धौलागिरीमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु 

२४ असोज, बागलुङ नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा चौथो पुस्ताको ‘फोरी जी’ सेवा सञ्चालनमा ल्याएको छ । मोवाईल डाटा मार्फत अत्याधुनिक प्रविधिको उच्च गतिको इन्टरनेट चलाउन प्रयोग हुने फोर जी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले बागलुङ बजार, म्याग्दी बेनी बजार, पर्वत कुश्मा बजार र मुस्ताङको जोमसोम र मुक्तिनाथ क्षेत्रमा आजदेखि अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको प्रमुख शर्माले बताए । टेलिकमले दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्तालाई लक्षित गरि चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य गरिरहेको थियो ।

टेलिकमले यस लगत्तै बागलुङको लालीगुराँसचोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको बेनी क्याम्पसचोक, पूलाचौर, रुममा फोर जी सञ्चालन हुने जनाइएको छ । त्यस्तै पर्वतको शिवालय, पातिचौर, दुर्लुङ, मुस्ताङको जोमसोम बजारमा फोर जी सेवा शुरु हुनेछ ।
एक वर्ष भित्र धौलागिरीका ११२ ठाउँबाट फोर जी सञ्चालनमा ल्याउन अहिले आवश्यक गृहकार्य भईरहेको बताईएको छ ।

आवश्यकता अनुसार अन्य थप ठाउँमा सेवा विस्तार गर्ने टेलिकमले योजना तय गरेको छ। आउँदो वर्ष भित्र देशभर फोर जी सेवा पु¥याउने सरकारी लक्ष्य अनुसार धौलागिरीमा पनि काम तीव्र पारिएको छ । “पहिलो चरणमा फोर जी शुरु हुने १४ वटै बिटियस् टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको छ टेलिकमले जनाएको छ । फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ ।

“फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो”, इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् ।

फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ । फोर जी सेवाले ‘डिजिटल नेपाल’को लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाइ छ । “भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पु¥याउन कठिन छ” उनले, “ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ । फोर जी राउटरबाट कम्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…