Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली समाज अष्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ

संसार न्यूज़
९ महिना पहिले
नेपाली समाज अष्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ

२४ असोज, अष्ट्रेलिया । समाजवादी पार्टी नेपालको भातृ संगठन नेपाली समाज अष्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन भएका छन् ।

समाजको उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीरबहादुर राई, शोभा श्रेष्ठ, महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत, प्रवक्तामा गौतम बाबु तिवारी, पव्लिक अफिसरमा अभिषेक कुमार झा, युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजाता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा र साहित्यिक संयोजकमा टंक रिमाल रहेका छन् ।

त्यसैगरी न्युसाउथ वेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्ध मोक्तान, क्विन्सल्याण्ड संयोजकमा अमित शर्मा, तास्मनिया संयोजकमा सुरज श्रेष्ठ र वेस्टर्न अष्ट्रेलिया संयोजकमा सिताराम पन्त चयन भएका छन् ।

त्यस्तै समाजको सल्लाहकारमा सन्दोर्जे तामाङ, अरुण कुमार तामाङ, कमला पोखरेल, पुरन सायमी तथा संरक्षक समितिमा विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहाम्फे, घनेन्द्र फियाक र तीर्थराज कार्की मनोनित भएका छन् ।

नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकतापछि  बनेको समाजवादी पार्टी नेपालको भातृ संगठनका रुपमा बनेको नेपाली समाज अष्ट्रेलियाको नयाँ कार्यसमितिलाई डा. बाबुराम भट्टराईले स्काइपीमार्फत् सम्बोधन गर्दै पदाधिकारीहरुलाई गोपनियताको सपथ समेत खुवाएका थिए ।

उक्त एकता कार्यक्रममा जनप्रगतिशील समाज अष्ट्रेलियाका उपाध्यक्ष रामजी बस्नेत, जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिङ लामा, सुदूरपश्चिम समाजका केशव जोशी, पोखरा समाजका राजकुमार अधिकारी, अबर्न नेप्लिज कमिटीका अध्यक्ष अशोक उप्रेतीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…