Sansar News- Nepal's Fast Khabar Online News Portal

एनसीसी अमेरिकाको प्रतिनिधि रोक्का गर्न माग, सुनुवाई नभए अदालत जाने चेतावनी

संसार न्यूज़
१ महिना पहिले
एनसीसी अमेरिकाको प्रतिनिधि रोक्का गर्न माग, सुनुवाई नभए अदालत जाने चेतावनी

२४ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ यतिबेला नवौँ विश्व सम्मेलनको तयारीमा जुटिसकेको बेला एनसीसी अमेरिकाबाट पठाइएको प्रतिनिधिको नाम रोक्का गर्न माग गर्दै पत्र पठाइएको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाका सदस्य रविन राज बज्राचार्यले संघको नवौँ विश्व सम्मेलनमा एनसीसी अमेरिकाबाट मनोमानी ढंगले प्रतिनिधिहरुको नाम पठाइएको भन्दै ती नामको सूचि रोक्का गर्न माग गर्दै केन्द्रिय सचिवालयमा उजुरी हालेका हुन् । केन्द्रीय सचिवालयमा उपस्थित भई उनले सिइओ हेमन्त दवाडी मार्फत  उजुरी दिएका थिए ।

‘अमेरिकीकाको प्रतिनिधिहरुलाई रोक्का गर्नेबारे’ विषय भन्दै लेखिएको उक्त उजुरीमा आफूले प्रतिनिधिहरुका बारेमा बारम्बार पत्राचार गर्दा पनि सो बारे के कस्तो कदम चालिए भन्ने जानकारी नपाएका कारण बाध्य भएर कार्यालयमा पत्र दर्ता गराएको बज्राचार्यले जनाएका छन् ।

एनआरएनएको वेभसाइटमा अमेरिकाको प्रतिनिधिको दुईवटा सूचि राखिएको र ती लिष्टमा योग्यता नपुगेकाहरुको नाम समेत उल्लेख गरिएको तर वर्षौदेखि एनआरएनए अभियानमा लागेर आईसीसी सबकमिटीको सहअध्यक्षसम्म भइसकेको नाम छुटाएर अध्यक्षले मनोमानी ढंगले प्रतिनिधि पठाएको उनको आरोप छ ।

नयाँ सूचि ननिकालुन्जेल दुवै सूचीलाई रोक्का गर्न उनले माग गरेका छन् । उक्त उजूरीमा आफ्नो कुराको सुनुवाई नभए अदालतको ढोकामा पुग्न बाध्य हुने उनले चेतावनी दिएका छन् ।

आफूले पटक पटक गरी ३ पटक पत्र पठाएको तर कुनै जवाफ नपाएको बताउँदै उनले अध्यक्षले पठाएको १८२ जनाको नामावली ‘चुनाव जित्ने दाउपेच’ भएको आरोप लगाएका छन् । अध्यक्षले क्षेत्रीय संयोजकको सहमति बिना नै आफूलाई भोट आउने मान्छेहरुको मात्र नाम पठाए, जबकी डिआरसीले ६० जनाको नाम सिफारिस गरेर पठाएको छ,’ उनले भने “सम्मेलनमा सहभागी नहुनेहरुको पनि नाम पठाइएको छ, सहभागी कम भएपछि निर्वाचन जित्न सजिलो हुन्छ । अरु पदलाई कुनै असर नगरे पनि क्षेत्रीय संयोजक तथा सहसंयोजक छनौटमा प्रतिनिधिहरुको सहभागीता कम हुनुले पनि निकै अर्थ राख्छ, सरासर यो चुनाव जित्ने दाउपेच हो ।’

अमेरिकाबाट एनआरएनए अध्यक्षलाई खुलापत्र, नियम विपरीत गए कानुनी उपचार खोजिने

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…