Sansar News- Nepal's Fast Khabar Online News Portal

टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश

संसार न्यूज़
९ महिना पहिले
टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश

२४ असोज, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् ।

राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।

नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् ।

यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् ।

कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।

ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन् । कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…