Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आज (असोज २५ गते) को राशिफल

संसार न्यूज़
१ महिना पहिले
यस्तो छ तपाईको आज (असोज २५ गते) को राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ । प्रेमको बन्धन कसिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ । ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि फाइदा हुनेछ । पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ । मेहनत गर्दा दिगो फाइदा हुनेछ । साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखापर्नेछन् । शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला । बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । भौतिक साधन जुट्नाले काममा भने उत्साह जाग्नेछ । प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड पनि जिताउन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

वि.सं. २०७६ असोज २५ (२०१९ अक्टोबर १२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…