Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : म ढुंगा बन्न नसकेको मान्छे !

उत्तम भेटवाल,काठमाण्डौं
१ महिना पहिले
कविता : म ढुंगा बन्न नसकेको मान्छे !

हो, म ढुंगा बन्ने रहरमा
ढुंगा बन्न नसकेको मान्छे
परन्तु : नियतिले मान्छे बनायो
त्यही मान्छे जो,
स्वार्थले सिद्ध छ
लोभमा लालायित छ
मोहमा मोहित छ
रिसले रुझेको छ
ईष्र्याको इबी पाली रहेछ
द्वेषको दुस्मनी गाली रहेछ
हो, त्यही मान्छे हूँ म
जो ढुंगा बन्ने रहरमा
ढुंगा बन्न नसकेको मान्छे !

मान्छेबाटै हेलिनु पर्ने त थिएन
पुजिने थिएँ म मन्दिरमा
देवता कहलाउथें म
आस्थाको प्रतिमुर्ति अनि
बिश्वासको भगवान भै
तिनै मानिसको मन बहलाउथें म !
स्वार्थ हुने थिएन म मा
लोभ हुने थिएन
अरबौं पचाएर असन्तुष्टहरूको भिडमा
फगत दुई रुपियाँको सिक्काले
मेरो मुर्तिमा हिर्काउँदा पनि
सन्तुष्ट भेटिन्थें म
जसरी चुपचाप भेटिन्छन्
हाम्रा मन्दिरका प्रस्थर मुर्तीहरू
अनि असन्तुष्ट भेटिन्छन्
लामबद्ध भक्तजन अनि
प्रभु पुजनमा खटिएका भट्ट
अनि मन्दिरका पुजारेहरू !
हो, म ढुंगा बन्ने रहरमा
ढुंगा बन्न नसकेको मान्छे !

मुर्ती जस्तो मान्छे भएर उभिनु भन्दा
मान्छे जस्तो मुर्ती हुँदो हूँ म
शान्तिका अग्रदूत भगवान बुद्ध
माहात्मा गान्धी, नेपोलियन लगायत
बिश्वका होनहार ब्यक्ति अनि ब्यक्तित्वहरूको
शालिक बन्दो हूँ म
मान्छे भएर मान्छेकै तुच्छ नोकर बन्नु भन्दा
ढुंगा अर्थात शालिक भएर
विचारको धनी मालिक बन्दो हूँ म
परन्तु L नियतिले मान्छे बनायो
हो, म ढुंगा बन्ने रहरमा
ढुंगा बन्न नसकेको मान्छे !

सयौं चोट खाँदा पनि
मान्छे जस्तो बन्न नसकेकाहरूको भिडमा
म शालिग्राम भनाउँदो हूँ आफुलाई
जो नदीको बहाब सँगैं निखार्छ र तिखार्छ
अनि ढुंगाहरूमा अब्बल उभ्याउँछ आफूलाई !
मार्बल बन्दो हूँ र चिप्स बन्दो हूँ
र सजिंदो हूँ महलका आँखाहरूमा
ती महल जस्ले झुपडीलाई कहिल्यै
घर अनि बासको नजरले हेरेनन्
अनि ती महल बासी जस्ले
झुपडीका झुत्रा झाम्रामा लुकेका
निश्चल अनि निस्कलंक मनले
भरिपुर्ण मान्छेहरूलाई कहिल्यै
मान्छे देखेनन् र मान्छे गनेनन् तिन्ले !
त्यसैले त मलाई…
ढुंगा बन्ने रहर जागेको हो
परन्तु : नियतिले मलाई मान्छे बनायो
तिनै भोकाएकाहरूको भान्छे बनायो !
हो, म ढुंगा बन्ने रहरमा
ढुंगा बन्न नसकेको मान्छे
उत्तम विचार–०७६

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…