Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : एक्लै उभिएका छन् भानु

अनुराग अरुण, ललितपुर
१ महिना पहिले
कविता : एक्लै उभिएका छन् भानु

सुनसान निष्पट कालो रातमा
रामायण हातमा लिएर
एक्लै ठिङ्ग उभेको छ भानु
नजिक जान्छु चरण स्पर्श गर्छु
अनि सोध्छु- ग्रेण्ड फादर ! हाउ आर यु ।

केही बोल्दैनन्
मौन छन्
दिनमा पनि उभेको देख्छु
रातमा पनि ठिङ्ग उभेको देख्छु
गर्मी जाडो धाम शीत बर्षा हरेक समय
बर्षौ बर्ष देखि
नितान्त एक्लै यस्तै गरि उभिएका छन् ।

काल काल
सदियौं देखि
पुर्खा पुर्खाको पाला देखि
एउटा सिंगो ईतिहाँस बोकेर
एउटा चिनारी लिएर
निर्धक्क उभिएका छन् हाम्रा भानु ।

यहि भानु हुन्
जस्ले नेपाली भाषा संसार भरि चिनाए
वीर नेपाली र गोर्खाली विश्वले चिने
संसारलाइ चिनाउने हाम्रा आदर्श
चौराहामा एक्लै ठिङ्ग उभेको देख्दा
कता कता नमिठो लाग्छ मनमा ।

भानु जयन्ति आउँछ
बाजागाजा झाँकी जुलुस सहित
मिठा मिठा कुराले प्रसंसा गर्छौ
भानुको योगदानको महाचर्चा गर्छौं
फुल अविरले स्वागत अभिनन्दन गर्छौं
त्यसपछी नितान्त एक्लै
ठिङ्ग उभिन्छ मेरा भानु ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…