Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : टीका जमरा र देश

भुवन शिवाकोटी ‘चौघरे’, काठमाडौ
१० महिना पहिले
कविता : टीका जमरा र देश

अनुहारमा पूर्वदेखि पश्चिमसम्म फैलिएको
मेरो समतल निधार छ
उत्तर तिर ठडिएका हिमाल जस्तै
छपक्कै दुबो झैं केशहरू छन्
दक्षिणतिर एकजोर चम्किला आँखा छन्
चारकोशे झाडि जस्तै आँखि भौं छन्
अनुहारको मध्यमा उठेको नाक छ

समग्रमा
हिमाल पहाड र तराई हो मेरो निधार
अर्थात म नै हुँ नेपालको अनुहार
जहाँ मेरो भाग्य छ भन्छन
आहा ! ठूलो निधार
पोटिलो निधार
अर्थात शौभाग्यशाली मेरो देशको भाग्य

जाति र धर्म विशेष हाम्रा धेरै पर्वहरू छन्
संस्कार छन्
संस्कृति छन्
धेरै मध्यको एउटा पर्व हो बडा दशैं
खुसी र उर्जाको शरदिय पर्व

विजया दशमीका दिन
चामलका सग्ला सेतादानाहरू
गाईको दुधको दही र रातो रगंमा मुछिएका
थाली छन्
समावेशी अनाजबाट उम्रिएका
पँहेलपुर जमरा छन्
राता, सेता अक्षता र जमरा
एक एक अक्षर जोडिएर शब्द बने जसरी
एक एक मान्छेका काँध जोडिए जसरी
हजारौं आँखाका चमक जसरी
एकमाथि अर्काे खप्टिएर भरिएको निधार
बहुल जाति धर्म र संस्कृतिका मुहार हाँसेको
मेरो देश हो

जहाँ
निधारमाथिका टिकामा
उर्जाशील रगतको रंग मुछिएको छ
हिमाल जस्तै शान्तिको रंग चम्किएको छ

समभाव र सदभावका
खातमाथि खात
अक्षता र पवित्र मन्त्र अटाएका छन्
स्वतन्त्रता, विजय र आत्मसम्मानका
खुसीहरू छन्
जो खोजिरहेछन्
आफ्नै निधार जस्तो मातृभूमिमा
संमृद्दी र खुसीका रंगहरू
रातो होस वा सेतो घामको रंग
त्यो हो आफ्नै माटोको रंग

मध्यान्हको घाम साक्षी राखेर
उही शान्ति र सदभाव संमृद्दीको आशिष
यतिबेला थाप्दैछु
अखण्ड मातृभूमीमा उभिएकी आमासँग
जहाँ
निधारका अक्षता र शीरको जमरा जस्तै
एक आपसमा गाँसिएका
करोडौं आमाका शुभाशिष छन्
यो उनैको विजय उत्सव हो
जसका काखमा
हामी करोडौं नेपाली सन्तान छौं ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…