Sansar News- Nepal's Fast Khabar Online News Portal

सभामुखमा देव गुरुङको बलियो संभावना

संसार न्यूज़
१ महिना पहिले
सभामुखमा देव गुरुङको बलियो संभावना

२५ असोज, काठमाण्डौं । प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङको संभावना बलियो बन्दै गएको उच्च श्रोतले जनाएको छ ।

चारित्रिक आरोपका कारण सभामुखबाट कृष्ण बहादुर महराले राजिनामा दिएसँगै सभामुख को बन्ला ? भन्ने चर्चा चलिरहेकै बेला देव गुरुङको पक्षमा सहमति जुटेको समाचार संसारन्युजलाई प्राप्त भएको छ ।

संविधान सभाका पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बन्न हतारिएको टिप्पणी समेत सार्वजनिक भैरहेका बेला उनले प्रधानमन्त्री केपी ओलीको आग्रह समेत अस्विकार गरेको समाचार सार्वजनिक भैसकेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ स्थायी समिति सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङलाई नेकपामा शालिन, इमान्दार र देशभक्त नेताका रुपमा मात्र होइन, संसदीय प्रक्रिया र मर्यादा बुझेका नेताका रुपमा समेत लिइने गरिएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फे आफैंमा सक्षम भएपनि सभामुखको गरिमा र मर्यादाका कारण देव गुरुङ सबैलाई मान्य हुने प्रचार यसअघि नै भएको थियो ।

प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठहरुको देव गुरुङप्रतिको सहमति सँगै नेम्वाङको अरुचीका कारण प्रधानमन्त्री ओली पनि गुरुङप्रति सकारात्मक बनेको सुत्रले बताएको छ । यसो भयो भने शिवमाया तुम्बाहाम्फेको नयाँ व्यवस्थापनका लागि नेताहरुबीच थप सहमति हुने कुरो पनि चलिरहेको शुत्रले बताएको छ ।

 

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…