back

एनआरएनए र अबको बाटो – सागर नेपाल, कतार

वि.सं.२०७६ असोज २५ शनिवार

111 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

सन् २००१ तिर बाटै सिमित व्यक्तीहरुको छलफल र चिन्तनबाट सुरु भएको पवित्र सोच २००३ अक्टोबरमा १० मा पुगेर एक पबित्र सामाजिक सस्था एनआरएनएको रुपमा परिणत भयो । ‘नेपालीका लागि नेपाली’ जस्तो शुद्ध सामाजिक नारा लिएर भूगोलको कुनै पनि मुलुकमा बसोबास गर्ने नेपालीहरुलाई जोडने पुलको काम गर्न सक्ने संस्थाको रुपमा विधिवत सुरुवात भयो । सिमित व्यक्तीहरुको दृढ संकल्प र पूर्ण सहयोगको परिणाम आज नेपाल बाहिर बस्ने नेपालीहरुका लागि एनआरएनए साझा सामाजिक संस्था मात्रै नभएर भरोसाको धरोहर नै बनिसकेको छ । अहिले यो संस्था राष्ट्रको नै आशाको दियो जस्तो बनेको छ । १६ बर्षको अवधीमा विभिन्न अड्चनहरुको सामाना गर्दै आज एनआरएनए संस्थागत रुपमा ८० भन्दा बढी देशहरूमा नेपालीहरुको सम्मानित संस्था बन्न सफल भैसकेको छ ।

यो सस्थालाई यहाँसम्म पु¥याउन त्यति सहज अवश्य थिएन भने अब यो भन्दा अगाडी बढीरहनु बिगत भन्दा बढी चुनौती हुने देख्दैछु । नेपाली डायस्पोरा हिजो जस्तो छैन, जरुरत पनि फरक भैसकेको छ । समुदायको उद्देश्य अनेक छ । यो सबैको सम्बोधन एनआरएनएले सुझबुझको साथ गर्नु पर्नेछ ।

नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको आजसम्म यो मात्रै साझा सामाजिक संस्था हो, जसलाई नेपाल सरकारले बैधानिकता प्रदान गरेको छ । यो पवित्र मानव हितमा काम गर्ने संस्था आज देशमा भैपरि आउने हरेक समस्याहरुमा हातेमालो गर्दै सेवा गर्ने मात्रै हैन आर्थिक रुपमै नेपाललाई सम्पन्न राष्ट्र बनाउने यौटा सहयोगी आधार बन्दै आएको छ । एनआरएनए सस्था मात्रै हैन यो त महान अभियान हो । यस्तो अभियानलाई असफल देख्न चाहनेहरु पनि नभएका होइनन् । कसैले यो संस्थाको वास्तविक मर्मलाई नबुझी, यो अभियानको महान उद्देश्यमाथि नै भ्रम छर्न खोजिरहेका छन् भने कसैले यो संस्थालाई धनीहरुको क्लब हो, नेपालमा बन्द यापार गर्न सजिलो होस भनेर व्यापारिक संस्था हो भनेर हल्ला फिजाउँदै छन् । हामी– हामी बिच मै फाटो आओस् भनेर यो संस्था केबल युरोप र अमेरिका जस्तो देशमा बस्ने नेपालीहरुलाई दोहोरो नागरिकता दिलाउने उद्देश्य राख्दछ, यस्ले मध्यपूर्व र मलेसियामा काम गर्ने नेपालीहरुको लागि केही गर्दैन भनेर सक्दो चिढ्याउने कोशिसमा लागि परेका छन् । तर यो संस्थालाई नेतृत्व गर्नेहरुको एकता र प्रष्ट उद्देश्य कै कारण आजसम्म पनि कम विवादास्पद् बन्न सकेको हो । एनआरएनएले आजसम्म अति उत्तम कार्य गर्दै आएको छ ।

अबको एनआरएनएमा आउने नेतृत्वहरुले यो संस्थालाई अलि बढी ध्यान दिन जरुरी छ । किनकी माथी उल्लेखित भ्रमहरुलाई चिर्दै नयाँ आयामको सुरुवात गर्नु त छ नै, त्यो भन्दा ठूलो एनआरएनएलाई दोस्रो पुस्ताले पनि आफ्नो संस्था भनेर स्वीकार गर्ने वातावरण बनाइदिनुछ । आर्थिक रुपमा नेपाललाई टेवा दिने मात्रै हैन सानो सानो पँुजिलाई पनि सम्मानित तबरले समेट्दै सामूहिक रुपमा राष्ट्रिय योजनाहरुमा लगानी गर्ने वातावरण सिर्जना गर्नुछ । सामजिक कार्यलाई नेपाल र नेपाली बिचमा पूर्ण रुपले समर्पित हुँदै मानव हितमा काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुसँग वैधानिक रुप नै सहकार्य गर्ने योजना बनाउने कार्ययोजना बनाउनु छ । किनकी आज हाम्रो एनआरएनएको हैसियत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाहरुसँग सहकार्य गर्न सक्ने भैसकेको छ ।

हामीले यो संस्थालाई वास्तबमै साझा बनाइ राख्नुनै सबैभन्दा ठूलो र मुस्किल कार्य हुन सक्छ । सबैले सम्मान गर्ने आ–आफ्नो राजनीतिक विचारलाई एनआरएनए अभियान भन्दा अलि पर राख्न नसक्नु नै एनआरएनएका लागि अभिसाप हुने होकि, एनआरएनएको पबित्र उद्देश्यलाई कमजोर पो पार्ने होकि ! भन्ने बारेमा सोचौँ । हामीले यो बारेमा साँच्चै गम्भिर भएर सोच्नु पर्छ । हामीले मात्रै हैन यदि एनआरएनएको माध्यमबाट देशमा केही राम्रो गर्न चाहने हो भने नेपालको हरेक पोलिटिकल पार्टीहरुले सोच परिवर्तन गर्न जरुरी छ जस्तो लाग्छ किनकी हरेक पार्टीको उद्देश्य एनआरएन आईसीसी होस वा एनसीसीमा आफ्नो पार्टीको मान्छे आओस् भन्ने चाहनाले ग्रसित हुँदै गएको छ । जसकारण यो संस्था साझा हुन सक्दैन की भन्ने भान हुन्छ । एनआरएनएको चुनावमा भोट माग्न पार्टी कार्यालय जाने प्रथा रोकिनु पर्दछ । नेताहरुले पनि सानो सानो समूह हैन पूर्ण एनआरएनएको सामूहिक शक्तिको पहिचान गर्न जरुरी छ । जुन शक्ति केबल पार्टीको लागि हैन राष्ट्रहितमा लगानी गराउने कोशिस गर्न जरुरी छ । एनआरएनएको अर्काे समस्या भनेको एनआरएनहरु बिचमा संस्थागत स्कुलिङ नहुनु हो, जसले गर्दा संसारभरको एनआरएन सदस्यहरु समान हुन् भन्न सिकाउन सकेनौँ । बिगत केहि कार्यकाल देखि एनआरएनएको चुनावमा आर्थिक चलखेल निकै बढेको हल्ला सुनिन्छ यदि त्यस्तो भएको हो भने संस्थाका लागि त्यो हानिकारक हुनेछ र त्यस्तो गतिविधि नरोक्ने हो भने केही कार्यकाल पछि संस्थाको अस्तित्वमै प्रश्न खडा हुन सक्छ ।

यी सबै कुराहरुको मध्नजर राख्दै संस्थाको लिडरहरु अघि बढन् सकुन् । तिमी र म पछि पनि यो संस्था चल्नु पर्छ भन्ने ख्याल हामीले राखेनौँ भने हामी इतिहासमा कंलकित हुनेछौँ । आउँदै गरेको एनआरएनए आईसीसीको महाधिबेशनको पूर्ण सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु । आउँदो कार्यसमिति अझ बढी जुझारु, सक्रिय अनि फराकिलो सोच बोकेर आउन् सकोस् भन्ने कामना गर्दछु ।

(लेखक नेपाल एनआरएनएको पूर्वउपाध्यक्ष हुन् ।)

वि.सं.२०७६ असोज २५ शनिवार १६:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...