Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

संसार न्यूज़
३ महिना पहिले
नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

२६ असोज, काठमाडौँ । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत हुनुहुन्छ ।

वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबार अपराह्नदेखि नेपालको दुई दिवसीय राजकीय भ्रमणमा हुनुहुन्छ । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ७ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ५ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…