Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैँ अवधिमा ११३ सवारी साधन कारवाहीमा

संसार न्यूज़
१ महिना पहिले
दशैँ अवधिमा ११३ सवारी साधन कारवाहीमा

२६ असोज, नेपालगञ्ज । नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए ।

उनका अनुसार, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ११३ सवारी साधन कारवाहीमा परेका हुन् । नियम विपरीत सञ्चालित सवारी साधनलाई कारवाही गरी रु ६७ हजार ५०० राजश्व सङ्कलन गरिएको प्रहरी नायब निरीक्षक वलीले जानकारी दिए ।

असोज ११ गतेदेखि असोज २५ गतेसम्म नेपालगञ्जमा मात्रै ४५० सवारी साधनका नम्बरप्लेट पुनः लेख्न लगाइएको छ । जिल्लाभर भने ७५० बढी सवारी साधनको नम्बरप्लेट पुनः लेख्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।

उनको अनुसार, नम्बरप्लेट नराखी सञ्चालनमा ल्याइएका नयाँ सवारी साधन र नम्बरप्लेट मेटिने अवस्थामा रहेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमै नयाँ नम्बर प्लेट लेखाइएको हो । नियन्त्रणमा लिएर सम्झाउँदा पनि नम्बरप्लेट नलेखेको पाइएकाले तुरुन्तै नम्बरप्लेट लेख्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमले दशैँको अवसरमा सामान्य दुर्घटना भए पनि बाँकेमा सडक दुर्घटनाबाट कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार, दशैँमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्य सहित चाडपर्व विशेष सुरक्षा रणनीति अगाडि सारिएको थियो ।

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकसमेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिने क्रम कमी भएको प्रहरी निरीक्षक बमको दाबी छ । बाँकेमा नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी तथा चप्परगौडी, पुष्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता केन्द्र सञ्चालन गरिएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…