Sansar News- Nepal's Fast Khabar Online News Portal

मेरो उम्मेदवारी स्वभाविक हो-गोविन्दप्रसाद गौतम

संसार न्यूज़
७ महिना पहिले
मेरो उम्मेदवारी स्वभाविक हो-गोविन्दप्रसाद गौतम

एनआरएनए आईसीसीको सन् २०१९–२०२१ को नयाँ कार्यसमितिका लागि सहकोषाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएका गोविन्दप्रसाद गौतम एनसीसी रसियाको कार्यकारी सदस्य, उपाध्यक्ष, अध्यक्षको उम्मेदवार भै सहमतिमा तेस्रो व्यक्तिलाई छोडेको, त्यसपछि लगातार २०१३ देखि २०१७ कार्यकालको लागि आइसीसी सदस्य र हाल युरोप सहसंयोजकको रुपमा छन् ।

गैरआवासीय नेपाली संघको उद्गमस्थल रसियामा रहेर अभियान किन बन्यो कसरी बन्यो र के गर्ने उद्देश्य राखेको छ भन्ने राम्रोसँग बुझेका गौतम एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको आफ्नै साझा संस्था हुनुपर्दछ भनेर सुरुका दिन देखि आवाज उठाउँदै यसको विधान संशोधन देखि हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरुमा पुगेर आफ्नो दायित्व पुरा गरेको बताउँछन् । आफ्नो इमान्दारिता, कार्यक्षमता, लगनशिलता र लामो समयदेखिको निरन्तर र अनि विसुद्ध कुनै व्यक्तिगत फाइदाका लागि नभएर सिंगो संस्थाको फाइदाको लागि सधै समर्पित भएको कुरा संस्थाका अग्रजहरुलाई र निरन्तर रुपमा सक्रिय समकक्षी साथीहरुलाई थाहा भएको हुँदा उनीहरुको विवेक, मुल्यांकन, सहयोग र समर्थन नै चुनाव जित्ने मुख्य आधार भएको उनको विश्वास छ ।

एनआरएनए अभियानमा निरन्तर लाग्दै आएको र इमान्दारिताका साथ आफ्नो कर्तव्य पुरा गरेकोले पनि सहकोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउने गौतमले संस्थामा आर्थिक अनुशासन दरिलो बनाउदै जाने तथा फजुल खर्च गर्ने परम्परालाई रोक्नेमा जोड दिएका छन् । उनीसँग गरिएको कुराकानी :
एनआरएनएको सहकोषाध्यक्षमा उठ्दै हुनुहुन्छ, तपाईको जित्ने आधार के ?
गैरआवासीय नेपाली संघको उद्गमस्थल रसियाको म सुरुका दिनदेखि यस अभियानमा लागेको मात्र होइन यो संस्था के का लागि, किन र कसरी बन्यो भन्ने मैले प्रत्यक्ष देखे महसुश पनि गरेँ । त्यसैले यसको मूलमन्त्रमा विश्वास गर्दै म सामाजिक भावनामा बहदँै एनसीसी रसियाको कार्यकारी सदस्य, उपाध्यक्ष, अध्यक्षको उम्मेदवार भै सहमतिमा तेस्रो व्यक्तिलाई छोडेको, त्यसपछि लगातार २०१३ देखि २०१७ कार्यकालको लागि आइसीसी सदस्य र हाल युरोप सहसंयोजकको रुपमा कार्यरत छु । यस अबधिमा मैले यो संस्थाको आदर्र्श र गरिमालाई बढाउने देश बिदेशमा गरेका परोपकारी कार्यहरु यहाँ अहिले बताइरहनु पर्दैन । यो सबै गैरआवासीय नेपालीहरुको आफ्नै साझा संस्था हुनुपर्दछ भनेर म सुरुका दिन देखि आवाज उठाउँदै यसको विधान संशोधन देखि हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरुमा पुगेर आफ्नो दायित्व पुरा गरेको छु । मेरो इमान्दारिता, कार्यक्षमता, लगनशिलता र लामो समयदेखिको निरन्तर र अनि विसुद्ध कुनै व्यक्तिगत फाइदाका लागि नभएर सिंगो संस्थाको फाइदाको लागि सधै समर्पित भएको कुरा यस संस्थाका अग्रजहरुलाई, निरन्तर रुपमा सक्रिय समकक्षी साथीहरुलाई थाहा भएको हुँदा उहाँहरुको विवेक, मुल्यांकन, सहयोग र समर्थन नै मैले चुनाव जित्ने मुख्य आधार हुन् ।
सहमतिका लागि तपाईले आफ्नो उम्मेदवारी फिर्ता लिनु पर्ने अवस्था आयो भने तयार हुनुहुन्छ ?
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को इतिहासमा अध्यक्ष पदमा सहमति हुने गरेको पाइन्छ तर अलि तलको पदमा धेरै उम्मेदवार हुने भएकोले अक्सर निर्वाचन नै हुने गर्दछ । त्यसैले यो सहकोषाध्यक्ष पद पनि ठिक त्यस्तै हो यसमा सहमति हुने सम्भावना न्यून छ । म गैरआवासीय नेपाली संघ रसियाको कार्यकारी सदस्य, लगातार २ कार्यकाल रसियाबाट केन्द्रीय सदस्य र हाल यूरोपको संहसंयोजक भैसकेको र आफूले इमान्दारिताका साथ आफ्नो कर्तव्य पुरा गरेकोले पनि यो यो पदका लागि स्वभाविक उम्मेदवार भएकोले उम्मेद्वारी फिर्ता गर्नुपर्ने अवस्था देख्दिन ।
एनआरएनएभित्र रकमको पारदर्शीता हुन नसकेको भन्ने टिप्पणी पनि आएका छन्, आर्थिक संयोजनमा पारदर्शिताका आधारहरु के के हुनसक्छन् ?
एनआरएनएमा यो परदार्शिताका कुराहरु समय समयमा उठने गरेका छन् । संस्था परिष्कृत हुँदै जाँदा यस्ता समस्याहरु सबै समाधान भएर जान्छन् । अब संस्थामा आर्थिक पाटो अझै पारदर्शी गर्दै लानु पर्छ, आम्दानी अनुसार खर्च गर्नु पर्दछ । संस्थामा आर्थिक अनुशासन दरिलो बनाउदै जानु पर्दछ र फजुल खर्च गर्ने परम्परालाई रोक्नु पर्दछ ।
नयाँ नेतृत्वलाई के सुझाव दिन चाहनुहुन्छ ?
यो अधिबेशनले एउटा राम्रो टिम छानोस जहाँ इमान्दारिता, सद्भाव र पारदर्शितालाई प्राथमिकता दिनेछ र आफ्नो व्यक्तिगत फाइदाको लागि संघलाई उपयोग गरिनु हुँदैन् । संघमा सबै क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्दछ । यसलाई व्यापारिक क्लब जस्तो धन प्रदर्शन गर्ने थलो बनाउनु हँुदैन ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…