Sansar News- Nepal's Fast Khabar Online News Portal

चिनिया राष्ट्रपति सीको नेपाल भ्रमण बारे कसले के लेखे ?

संसार न्यूज़
९ महिना पहिले
चिनिया राष्ट्रपति सीको नेपाल भ्रमण बारे कसले के लेखे ?

२६ असोज, काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज फर्किएइका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनिया राष्ट्रपति सी नेपाल आएका थिए ।

चिनीया राष्ट्रपति सी आइतबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका थिए । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
राष्ट्रपति सीलाई राष्ट्रसेवक कर्मचारीका साथै जनस्तरबाट समेत भव्य स्वागत गरिएको थियो । सी हिड्ने बाटोहरुमा विभिन्न जातजातिका झाँकीहरु प्रस्तुत गरिएका थिए ।

राष्ट्रपतिय स्तरमा २३ वर्षपछि भएको सीको नेपाल भ्रमणमा जनस्तरबाटसमेत देखाएको स्वागत तथा सम्मान प्रशंसायोग्य रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलेसमकक्षी चिनीया राष्ट्रपति सीको सम्मानमा सोल्टी होटलमा साँझ रात्रीभोजको आयोजना गरेकी थिइन् । रात्री भोजमा विभिन्न राजनीतिक दलका नेतादेखि देशका उच्च पदस्थ व्यक्तित्वहरुसमेत सहभागिता रहेको थियो । उनले नेपाल बस्दा राजनीतिक दलका नेताहरु भेटघाट गर्नुका साथै उनको उपस्थितिमा नेपाल चीन बीच विकासका साझेदारीका रुपमा २० बुँदे सहमति, तथा समझदारी भएका छन् ।

राष्ट्रपति सीको नेपाल भ्रमण पक्का भएपछि राजधानीका केही सडकहरु रातारात मर्मत गरिएका थिए । उनी हिड्ने सडकको दायाँबायाँ विरुवा रोप्नुका साथै रंगरोगन गरेर सजाइएको थियो ।

प्राय नकरात्मक टिप्पणी हुने सामाजिक सञ्जालहरु समेत सीको सरहाना गरिएका भनाईहरु देखिए । चिनिया विकास मोडलका रुपमा आएको सी विचारधाराबाट नेपालले धेरै कुरा सिक्नुपर्ने सुझावहरु लेखिए । राष्ट्रपति सीको नेपाल भ्रमण बारे कसले के लेखे :



]

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…