Sansar News- Nepal's Fast Khabar Online News Portal

अन्तरदेशीय कविता विमर्श तथा कविगोष्ठी सम्पन्न

संसार न्यूज़
१ महिना पहिले
अन्तरदेशीय कविता विमर्श तथा कविगोष्ठी सम्पन्न

२५ असोज, काठमाण्डौं । नेपाल प्रज्ञा प्रतिष्ठान तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा अन्तरदेशीय कविता विमर्श तथा कविगोष्ठी सम्पन्न भएको छ ।

प्रज्ञा प्रतिष्ठानका साहित्य,पद्य÷काव्य विभागका प्रमुख प्रा.डा हेमनाथ पौडेलको सभापतित्वमा आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती तथा उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय तथा गैरआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक गोविन्द गौतमको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघका केन्द्रीय तथा विभिन्न देशका समन्वय समितिका प्रतिनिधिहरु, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्यहरु तथा प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरु लगायत साहित्यकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक गोविन्द गौतमले स्वागत मन्तव्य दिदैं कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कुलपति गंगा उप्रेतीबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा डा.विष्णुविभु घिमीरे, हिक्मत थापा अफ्रिका, कृष्ण प्रसाई, रवीन्द्र दिखुम्पा (जापान), डा. राम प्रसाद ज्ञवाली, धु्रव सापकोटा (नेदरल्याण्ड), बिना थिङ, गोविन्द गौतम (रसिया), सुरेन्द्र नेपाल श्रेष्ठ (बेलायत) सीता शर्मा, स्नेह सायमि, उषा शेरचन, नाज सिंह (रसिया) कोशराज न्यौपाने, ललिजन रावल, मातृका पोखरेल, कुशुम ज्ञवाली (क्यानडा), फडिन्द्र भट्टराई (बेलायत) तथा रसिन कविद्धय इरिना सिल्योच्स्काया र लुद्मिला साल्निकोभाले रसियन भाषाका कविता बाचन गरेका थिए ।
प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीले नेपाली साहित्य, संगीत र कलाको विकासका लागि एनआरएनएसँग सहकार्य गर्दै आएको र सहकार्य गर्दै जाने बताए ।

सोहि अवसरमा प्रा.डा गोविन्द भट्टराईले अन्तरदेशीय नेपाली कविताको बर्तमान अवस्थाका बारेमा आफ्ना भनाई राख्दै नेपाली र अंग्रेजी साहित्यमा गरेर तीनजना नेपाली अनुसन्धाताले डायस्पोरा विषयमा विद्यावारिधी हासिल गरेको बताए । उनका अनुसार एक जनाले नेपाल र एसियाका बारेमा, एकजनाले नेपाली अमेरिकी कविताका बारेमा तथा एकले नेपाल र डेनमार्कका विषयमा विद्याबारिधी गरेका हुन् ।
त्यसैगरी नेपालका विशिष्ठ विद्धानहरुको संलग्नतामा एउटा अत्यन्तै महत्वपूर्ण काम सम्पन्न गर्न लागिएको पनि प्रा.डा भट्टराईले बताए । उनका अनुसार नेपाली जगदम्बा साहित्यको बृहद इतिहास पाँचवटा ठेलीमा १२–१२ सय पेजमा निस्कने गरी नेपाली बाङमय् विश्व कोषको पहिलो र दोश्रो खण्ड प्रकाशित भइसकेका छन् । पहिलोमा नेपाली भाषाको अभिलेख नेपाली काव्य कविता र दोश्रो ठेली पनि तयार भइसकेको समेत उनले बताए । जसको नाम ‘नेपाल बाहिरका नेपाली’ साहित्य रहेको छ । यो डायस्पोरिक साहित्यको इतिहास रहेको समेत प्रा.डा भट्टराईले बताएका छन् ।

उक्त ठेलीमा क्रमश : भारतीय नेपाली साहित्य, भुटानी नेपाली साहित्य, म्यानमारी नेपाली साहित्य, मलेसियाली नेपाली साहित्य, हङकङ नेपाली साहित्य, कोरियाली नेपाली साहित्य, रुसी नेपाली साहित्य, इजरायली नेपाली साहित्य, कतार नेपाली साहित्य, युरोपको नेपाली साहित्य, अष्ट्रेलिया नेपाली साहित्य, बेलायती नेपाली साहित्य, अमेरिकी नेपाली साहित्यहरु समेटिइसकिएको तथा जापान, साउदी, युएई लगायतका देशका नेपाली साहित्य समेट्न नसकेको जानकारी पनि उनले दिएका छन् ।

उनका अनुसार अन्य देशमा रहेका नेपालीहरुले पनि उक्त देश र नेपाली साहित्यका बारेमा जानकारी दिन सकेमा दुई महिनाभित्र उक्त बुकमा समेट्न सकिने समेत बताएका थिए ।

 

गैरआवासीय नेपाली भाषा साहित्य उपसमितिकी सहसंयोजक भगवती बस्नेतको सञ्चालन रहेको उक्त कार्यक्रममा सभापति तथा प्रा.डा पौडेलले नेपाल, नेपाल भित्रका नेपालीबीच मात्र नभएर जहाँ नेपाली पुगेका छन् त्यो देशमा नेपाल पुगेको बताए । ती देशमा रहेका नेपालीले नेपाली भाषा संस्कृतिको संरक्षणमा लागि परेको बताउँदै यसैवर्षदेखि प्रज्ञा प्रतिष्ठानले विदेशमा रहेर नेपाली साहित्यको संरक्षणमा योगदान पुर्याएकाहरुको मूल्यांकन गर्दै १ लाख रुपैयाँ नगद पुरस्कार राखेको समेत जानकारी दिएका थिए ।

सोहि अवसरमा बेलायतमा रहेका सुरेन्द्र श्रेष्ठको आत्मकथा ‘मेरो आधा शताब्दी’, रसियाकी नाज सिंहको कविता संग्रह ‘तिर्खा’ र गैरआवासीय नेपाली भाषा साहित्य उपसमितिको आफ्नै ‘नेपाली साहित्य संङ्गम’ को विमोचन गरिएको थियो ।

 

 

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…