Sansar News- Nepal's Fast Khabar Online News Portal

चितवन युवा समूहको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः मुक्तिप्रसाद, शान्त अधिकारी सम्मानीत

संसार न्यूज़
१ महिना पहिले
चितवन युवा समूहको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः मुक्तिप्रसाद, शान्त अधिकारी सम्मानीत

चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्षमा पुनः मुक्तिप्रसाद अधिकारी चयन भएका छन् । अक्टोबर १३ मा चितवनको भरतपुरमा सम्पन्न छैंठो साधारणसभा तथा तेस्रो विश्व सम्मेलनले अधिकारीलाई पुनस् अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित १३ सदस्सीय कार्यसमिति यसप्रकार छ :
अध्यक्ष :मुक्ती प्रसाद अधिकारी
बरिष्ठ उपाध्यक्ष :बुद्दीराज अर्याल
उपाध्याक्ष : टंक प्रसाद पौडेल
महिला उपाध्यक्ष : कविता ढकाल
महासचिव : ईन्द्र प्रसाद न्यौपाने
सचिव : निमकान्त पाण्डे
कोषाध्यक्षमा : सिता ढकाल
सदस्यहरुमा :
राम कुमार रैला
दिपक गौतम
सुलभबन्धु पोख्रेल
लक्ष्मी रेग्मी ‘अधिकारी’
रमा पौडेल
प्रभा शर्मा
गौरी माया सुवेदी
प्रवास संयोजक :राजन कुमार श्रेष्ठ

६ व्यक्तित्व सम्मानीत

सो अवसरमा संघले ६ जना व्यक्तित्वहरुलाई बिभिन्न बिधामा सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समितीको बिभिन्न कृयाकलापमा सहभागी भई सकृय भूमिका निर्वाह गरेको भन्दै पत्रकार शान्ता अधिकारीलाई सम्मान गरेको छ । अधिकारीलाई नगद ११ हजार १ सय ११ र सम्मान पत्र सहित सम्मान गरेको हो ।

त्यस्तै मानव सेवामा पुर्‍याएको योगदानको कदर गर्दै मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गरेको छ ।

समितीले चेपाङ बालबालिका संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गाँमबेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, वातावरणको क्षेत्रबाट वे ग्रुप र युवा प्रोत्साहनको लागि शालिकराम गैरेलाई सम्मान गरेको छ ।

समितीमा रही उत्कृष्ट काम गरेकी कार्यसमितीकी कोषाध्यक्ष सिता ढकाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…