Sansar News- Nepal's Fast Khabar Online News Portal

‘नेपाली साहित्य संगम’ र ‘तिर्खा’को विमोचन

संसार न्यूज़
१ महिना पहिले
‘नेपाली साहित्य संगम’ र ‘तिर्खा’को विमोचन

२८ असोज, काठमाडौँ । नेपाली कविता विषयक विमर्श तथा कवि गोष्ठी सम्पन्न गैरआवासीय नेपाली सँघ भाषा साहित्य उपसमिति र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली कविता विषयक विमर्श तथा कवि गोष्ठी सम्पन्न गरिएको छ ।

संघको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा राजधानीमा सम्पन्न उक्त कार्यक्रममा रुसी भाषामा कृष्णप्रकाश श्रेष्ठको अनुवादमा नवौं गैरआवाशीय नेपाली विश्व सम्मेलनको सन्दर्भमा प्रकाशित नेपाली र नेवारी ( नेपालभाषा)का आख्यान र कविता समाविष्ट ‘नेपाली साहित्य संगम’ तथा नाज सिँहको त्रिभाषिक (नेपाली, मैथिली र हिन्दी) कविता सङ्ग्रह ‘तिर्खा’को विमोचन गरिएको हो । पुस्तकको विमोचन नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गैरआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम, लगायतबाट संयुक्त रुपमा भएको थियो ।

कवि गोष्ठीमा नेपालका कवि तथा कवयित्रीका साथै रुसी कवयित्रीद्वय ल्युदमिला साल्तिकोभा (रुसी भाषामा आदिकवि भानुभक्त आचार्यको कविता संग्रह लोक्को गरूँ हित् भनी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बालकविता संग्रह सुनको बिहानकी सहअनुवादिका) र इरिना सिलेत्सकायाबाट रुसी भाषामा पनि कविता पाठ गरिएको थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…