Sansar News- Nepal's Fast Khabar Online News Portal

काभ्रेलीहरुको अन्तर्राष्ट्रिय नेता बने दीपक खरेल

संसार न्यूज़
१ महिना पहिले
काभ्रेलीहरुको अन्तर्राष्ट्रिय नेता बने दीपक खरेल

काभ्रे जिल्लाबाट रोजगारी, शिक्षा, व्यवसाय तथा अन्य विभिन्न उधेश्यले विदेश पुगेका काभ्रेलीहरुलाई संगठित गर्दै जिल्लाको विकासमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको पहिलो महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ ।

निवर्तमान अध्यक्ष कपिलदेव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाट लोकसेवा आयोगका अध्यक्ष उमेशराज मैनाली र प्रदेश सांसद चन्द्र लामाले गरेका थिए ।

अक्टोबर १४ मा सम्पन्न उक्त अधिवेशनले स्पेनमा व्यवसाय गर्दे आएका दीपक खरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको प्रथम महाधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको विवरण निम्न प्रकार रहेको छ :
अध्यक्ष – दीपक खरेल (स्पेन)
उपाध्यक्ष – दिनेश उप्रेती (बेल्जियम)
उपाध्यक्ष – नन्द ढुंगाना (कतार)
महिला उपाध्यक्ष – संगम भण्डारी (इटाली)
महासचिब – मोहन विष्ट (अमेरिका)
सचिब – सुरेश राज त्रिपाठी (साउदिअरब)
कोषाधक्ष्य – जेनकुमार लामा (साउदिअरब)
सदस्य – अशोक उप्रेती (इटाली)
सदस्य – शम्भु गौतम (पोर्चुगल)
सदस्य – नारायण विष्ट (कतार)
सदस्य – श्याम शैजु (अष्ट्रेलिया)
सदस्य – श्रवणकुमार सत्यालद (जापान)
सदस्य–इन्दिरा त्रिपाठी (अमेरिका)
मध्यपूर्व संयोजक – दिल लामा (युएई)
युरोप संयोजक – चिनिया दुवाल (बेल्जियम)
सल्लाकार – कपिलदेव थापा, अच्युतकृष्ण खरेल, बिके लामा, अर्जुन प्रसाद मैनाली र मधुसुदन पौडेल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खरेलले आफ्नो दुई वर्षको कार्यालयमा विश्वभरिबाट ज्ञान र सीप भित्र्याउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग बढाउने, आपतकालीन कोष स्थापना गर्ने, खेलकुद प्रतियोगिता गर्ने तथा ‘भिजिट नेपाल इयर २०२०’ लाई सफल बनाउन प्रचार प्रसार गर्ने उनका योजना सार्वजनिक गरेका छन् ।

नयाँ कार्यसमिति गठनपछि पहिलो सामाजिक कामका रूपमा काभ्रेका असक्त व्यक्तिहरूलाई पूर्व संयोजक थापा र नवनिर्वाचित अध्यक्ष खरेलले ह्विलचेयर वितरण गरेका थिए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…