Sansar News- Nepal's Fast Khabar Online News Portal

 सुनिता थेगिम र रक्षक राईको स्वरमा हातैमा लाउँने सुनको बाला सार्वजनिक

संसार न्यूज़
७ महिना पहिले
 सुनिता थेगिम र रक्षक राईको स्वरमा हातैमा लाउँने सुनको बाला सार्वजनिक

२८ असोज, काठमाडौं । रक्षक राईले अर्की गायिका सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

बुवा भिम कुमार राई र आमा मन माया सुब्बाबाट जन्म लिएर ३ वर्षदेखि साँगीतिक क्षेत्रमा लाग्दै गर्दा हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिएका रक्षक र सुनिताको स्वरमा ‘हातैमा लाउँने सुनको बाला ’बोलको पुर्बेली लोकभाकाको गीतको भिडियो सार्वजनिक भएको हो ।

पुर्बाञ्चल म्युजिक नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायत्री लम्सालको शब्दमा रुद्र श्रेष्ठको संगीत रहेको छ भने अनुभवी संगीतकर्मी कुन्दन राईको संगीत संयोजन रहेको छ ।

पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो, ईटहरीको अडियो भिडिउयो प्रस्तुति रहेको गीतको भिडियोमा सागर खवासको छायाँकनमा रिकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

आफ्ना अन्य प्रस्तुतिलाई झै ‘हातैमा लाउँने सुनको बाला’लाई पनि आम श्रोताहरुले मन पराउँनेमा आफु बिस्वस्त रहेको गायक रक्षक राईले बताए भने यस गीतको चाँडै नै कथानक भिडियो बनाउँने तयारीमा आफु रहेको समेत उनको भनाई रहेको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…